दुरी कायम गरी तत्काल संघीय संसदको बैठक राख्न चार विपक्षी दलको माग

0

डोलराज रानाभाट,१० वैशाख । केपी शर्मा ओली नेतृत्वको सरकारले राजनीतिक दल विभाजन सम्वन्धी दोस्रो संशोधन र संवैधानिक परिषद सम्वन्धी पहिलो संशोधनको अध्यादेशबाट पारित भइ राष्ट्रपतिबाट जारी भएपछि प्रमुख विपक्षी दल नेपाली काँग्रेस सहित चार विपक्षीले कडा विरोध जनाएको छ । विश्वभर कोरोनाको महामारीले सोत्तर गराएको समयमा विषयभन्दा वाहिर र अनावश्यक अध्यादेश ल्याएको र त्यसलाई रकेट गतीमा राष्ट्रपतिले जारी गरेको भन्दै  यसको फिर्ता हुनुपर्ने माग सहित सामाजिक दुरी कायम राखेर तत्काल संघीय संसदको बैठक आह्वान गर्न माग गरिएको नेपाली काँग्रेसका सह महामन्त्री डा प्रकाश महतले विजय एफएमलाई जानकारी दिनुभयो ।

हेर्नुहोस् विज्ञप्ती र सह महामन्त्री डा प्रकाशशरण महतसँगको कुराकानी भोलि विहीबार विहान सात बजेको आजको सवालमा सुन्न नभुल्नुहोला ।

Share.

Leave A Reply