विपदमा सहयोगी बने गैडाकोटका सामुदायिक विद्यालयहरु, नगरपालिकाको राहत कोषमा १ लाख ५ हजार सहयोग

0

१० बैशाख । कोरोना भाइरस कोभिड १९ को रोकथाम र नियन्त्रणका लागि नेपाल सरकारले गरेको लकडाउनबाट प्रभावित विभिन्न पक्षहरुको सहयोग र राहतका लागि गैडाकोट नगरपालिकाले स्थापना गरेको विपद व्यवस्थापन कोषमा नगरभित्रका सामुदायिक विद्यालयहरुले १ लाख ५ हजार सहयोग गरेका छन् ।

आज नगरपालिकामा नगरप्रमुख छत्रराज पौडेललाई सहयोग हस्तान्तरण गरिएको हो । नगरभित्रका ३५ वटा विभिन्न तहका सामुदायिक विद्यालयहरुले रकम संकलन गरी एकमुष्ट आज नगरपालिकालाई हस्तान्तरण गरिएको हो ।

विश्वमै महामारीको रुपमा फैलिरहेको कोभिड १९ को नियन्त्रणमा विद्यालयको पनि भूमिका रहने र लकडाउनका कारण मर्कामा परेका नागरिकको सहयोगका लागि आफ्नो दायित्व सम्झदै सामुदायिक विद्यालयहरुले रकम संकलन गरेका थिए ।

जसमा ११ वटा प्रावि, ८ वटा निमावि, १० वटा मावि र ६ वटा आधारभूत विद्यालयले वढिमा ५ हजार थोरैमा २ हजारका दरले रकम सहयोग गरेर आज उक्त कोषमा जम्मा हुने गरी रकम हस्तान्तरण गरिएको हो ।

Share.

Leave A Reply