विषम परिस्थितिमा पनि विकू सहकारीद्धारा निरन्तर सेवा प्रदान, घरवाटै ७ वढि सेवा लिन सकिने

0

९ वैशाख । विश्वमै चिनिएको विकू बचत तथा ऋण सहकारी संस्थाले आफ्ना कर्मचारीलाई व्यक्तिगत सुरक्षा सामाग्री (पिपिई) प्रदान गर्दै दैनिक सेवा प्रवाह गरिरहेको प्रमुख अधिकृत माधव प्रसाद पौडेलले जानकारी दिनुभएको छ ।

कोरोना भाइरस कोभिड १९ को संक्रमणलाई रोक्न नेपाल सरकारले गरेको लकडाउनका कारण समस्यामा परेका सदस्यहरुलाई आफ्नो खातामा नगद जम्मा गर्न, नगद भुक्तानी, ऋण भुक्तानी र रेमिट्यान्सको सेवा प्रवाह गरिहेको पौडेलले बताउनुभयो । सेवा लिँदा दिँदा पनि सदस्यहरुलाई विश्व स्वास्थ्य संगठनले सुझाएको विधिहरु अपनाएर मात्रै सेवा दिइरहेको उहाँको भनाई छ ।

सदस्यहरुलाई हात धुन लगाउने, सेनिटाइजर प्रयोग गर्ने र निश्चित सामाजिक दुरी कायम गर्दै टोकरीको व्यवस्था सहित सेवा प्रवाह गरिरहेको हो । यो विषम परिस्थितीमा पनि सदसयहरुको मागलाई ध्यानमा राखेर गैडाको ८ मा रहेको सहित १७ वटै सेवाकेन्द्रबाट दैनिक सेवा उपलब्ध गराइरहेको हो ।

अहिले दैनिक १०० जना सदस्यहरुले सेवा लिइरहेको र सवै केन्द्रमा गरी ५ सय देखि ६०० जना सदस्यहरुलाई यो विषम परिस्थितीमा पनि आवश्यक सेवा विकुले दिइरहेको हो । अहिले अत्यावश्यक काम वाहेक वाहिर ननिस्कन आग्रह गरेसँगै सकेसम्म धेरै भन्दा धेरै सेवा घरवाटै लिन सकिने गरी पनि संस्थाले व्यवस्था मिलाएको छ । अहिले घरमै वसेर पनि मेबाईल रिचार्ज,टेलिफोन,खानेपानीको ,बिजुलिको इन्टरनेटको बिल तिर्न सकिने,रकम रकमान्तर,केबल टेलिभिजन बिल भुक्तानी सेवा लिन सकिनेछ भने ए टी एम सेवा,मोबाईल एप्स,अनलाईन सेवा २४ सैं घण्टा प्रदान गरिरहेको हो ।

Share.

Leave A Reply