नगरमै पहिलो पटक गैडाकोट ५ को विपत व्यवस्थापन समितिद्धारा पिपिई सहयोग

0

९ बैशाख । गैडाकोट नगरपालिका वडानम्वर ५ को विपत व्यवस्थापन समितिले आज व्यक्तिगत सुरक्षा सामाग्री ( पिपिई) सहयोग गरेको छ । विश्वभर फैलिरहेको कोरोना भाइरस कोभिड १९ को संक्रमण फैलन नदिन चिकित्सक पछिको अग्रभागमा रहेर काम गरिरहेका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र संचारकर्मीहरुलाई उक्त सामाग्री सहयोग गरेको हो । गैडाकोट ५ मा रहेको समृद्धी गारमेन्टले वडामा गरेको सहयोगलाई यो स्वास्थ्य संकटको अग्रभागमा रही जनतासँग प्रत्यक्ष सम्वन्ध राख्ने र जोखिम मोलेर सूचना प्रवाह देखि शान्ति सुरक्षा कायम राख्न अहोरात्र खट्नेहरुका लागि यो आवश्यक रहेकाले सहयोग गरेको गैडाकोट ५ का वडाअध्यक्ष नवराज कडेँलले बताउनुभयो ।


अहिलेको समय जोखिम मोलेरै अहोरात्र खट्नेहरुका लागि थप हौसला मिल्ने उद्देश्यले एक एक थान सहयोग गरेको र अन्य सहयोगी मनहरुलाई पनि सहयोग गर्न आह्वान गर्नुृभएको छ । स्वास्थ्य संकटकालको यो समय फिल्ड रहेर निरन्तर सूचना सम्प्रेषणको कार्य गरिरहेका नगरभित्रका पत्रकारहरुलाई पहिलो पटक गैडाकोट ५ ले पिपिई सहयोग गरेको छ ।

हालसम्म कुनैपनि व्यक्ति संस्थाले पत्रकारको वारेमा सोधपुछ र सहयोग नगरेको यो समयमा गैडाकोट ५ को विपत व्यवस्थापन समितिले भने गैडाकोटका ४ वटा मिडियामा कार्यरत पत्रकारलाई उक्त सामाग्री निशुल्क उपलब्ध गराएको हो ।

वडाअध्यक्ष नवराज कडेँलले यो नै पर्याप्त नभएपनि थालनी आफू्रहरुले गरेको र पत्रकार यो जोखिमको समय पनि फिल्ड गई कृषकका समस्या देखि स्वास्थ्यका मुद्दा, विभिन्न व्यक्तिसँग प्रत्यक्ष सम्पर्क राख्नुपर्ने वाध्यतालाई वुझेर नै आफूहरुले पत्रकारहरुलाई सहयोग गरेको बताउनुभयो ।

गारमेन्टले ६ थान पिपिई निशुल्क वडालाई सहयोग गरेको थियो भने वडाले पत्रकार सहित अन्य दुई निकायलाई सहयोग गरेको हो । उक्त सहयोगले जनताका समस्याहरुलाई थप उजागर गर्न र फिल्डमा रही समाचार लेख्न मद्दत पुग्ने भन्दै नगरभित्रै पहिलो पटक सहयोग गर्नुभएकोमा पत्रकारहरुले धन्यवाद दिनुभएको थियो ।

Share.

Leave A Reply