आज एकैदिन कोरोनाबाट संक्रमित हुनेको सख्या ११, कुल सख्या ४२ पुग्यो, उदयपुर जिल्ला शिल

0

९ बैशाख । आज एकैदिन ११ जनामा कोरोना भाइरस पोजेटिभ देखिएको छ । सवै उदयपुरका रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।  या सँगै नेपालमा संक्रमितको सख्या ४३ पुगेको छ । यो सँगै उदयपुर जिल्लामा संक्रमित हुनेको सख्या २३ पुगेको छ ।

आज एक जनामा दिउसो नै रिपोर्ट पोजेटिभ आएको थियो भने अन्य वाँकीको साँझमा रिपोर्ट आएको हो । धरानमा ८ जनाको स्वाव परीक्षण गर्दा पोजेटिभ आएको थियो भने ३ जनाको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको पिसिआरबाट रिपोर्ट पोजेटिभ आएको हो ।

प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानून मन्त्री हिक्मत कार्कीले उदयपुर जिल्लाभित्रै पनि अन्य ठाउँमा कोरोना भाइरसको संक्रमण फैलिन नदिन तथा उदयपुरबाट अन्य जिल्लामा पनि संक्रमण फैलिन नदिन पूर्ण रुपमा लकडाउनका साथै सिल गर्ने निर्णय गरिएको जानकारी दिनुभयो ।

Share.

Leave A Reply