जलुके खानेपानीद्धारा उपभोक्तालाई ६ हजार लिटर पानी निशुल्क

0

गैंडाकोट, ९ बैशाख । जलुके खानेपानी तथा सरसफाई उपभोक्ता संस्था गैँडाकोट १ ले व्यक्तिगत सरसफाइमा जोड दिदै उपभोक्तालाई ६ हजार लिटर पानी निशुल्क दिने जनाएको छ । विश्वभरी महामारीको रुपमा फैलिएको कोभिड १९ अर्थात कोरोना भाइरसबाट बच्नका लागि पटकपटक सावुन पानीले हात धुने र व्यक्तिगत सरसफाईमा ध्यान दिन उपभोक्तालाई आग्रह समेत गरेको छ । उपभोक्ताले व्यक्तिगत सरसफाईमा प्रयोग हुने वैशाख महिनाको न्यूनतम महशुलमा ५० प्रतिशत छुट अर्थात् ६ हजार लिटर पानी निशुल्क गर्ने निर्णय भएको संस्थाका अध्यक्ष मोतिचन्द्र चालिसेले बताउनुभयो । विश्वस्वास्थ्य संगठनले कोरोना भाइरसको संभावित जोखिमबाट बच्न सावुन पानीले मिचिमिचि हात धुन सन्देश दिएको हुँदा सो कुरामा विशेष ख्याल गर्न संस्थाले उपभोक्तामा अपिल गरेको छ । अहिलेको परिस्थितिमा घरघरमा मिटर रिडिङ कार्य अघि बढाउन असमर्थ रहेको हुँदा सो स्थानमा तीन महिनाको औसत युनिटलाई आधार मानेर महिनाको खपत युनिट निर्धारण समेत गरिने संस्थाका अध्यक्ष चालिसेले बताउनुभयो । अहिले महशुल इ सेवा र आइ एम ई पे बाट भुक्तानी गर्न समेत आग्रह गरिएको छ ।

 

Share.

Leave A Reply