स्थानीय सरकारले काम गरिरहेको छ, अप्ठ्यारो परे सम्झनुहोस्, राहतका लागि तयार छु – डा. कोइराला

0


गैँडाकोट, ९ बैशाख । नेपाली काँग्रेसका महामन्त्री तथा नवलपरासी बर्दघाट सुस्तापूर्व क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्य डा. शंशाक कोइरालाले कोरोना भाइरसको संक्रमण रोक्न नेपाल सरकारले लकडाउन गरिरहेको हुँदा, सो को पालना गर्न आफ्ना क्षेत्रका जनतालाई आग्रह गर्नुभएको छ । लकडाउनको समयमा खान लाउन समस्या भएकाहरुलाई राहत वितरणका लागि सरकारले एकद्धार प्रणालीबाट काम गरिरहेको हुँदा स्थानीय सरकारसंग समन्वय गर्न आग्रह गर्नुभयो । अप्ठेरो परेको परिस्थितिमा आफू राहतका लागि तयारी अवस्थामा रहेको समेत डा. कोइरालाले बताउनुभयो । विजय एफएमको विजय विशेषमा कुरा गर्दै डा. कोइरालाले नेपाली काँग्रेसले सरकारलाई पचास लाख दिएको बताउँदै यस्तो परिस्थितिमा पार्टीले मात्र नभएर सबैले हातेमालो गर्नु पर्ने बताउनुभयो । आफू आफ्ना क्षेत्रका जनप्रतिनिधिहरुसंग जनताको अवस्थाका विषयमा जानकारी लिइरहेको बताउनुभयो ।

Posted by 101.6 Vijaya FM on Monday, April 20, 2020

Share.

Leave A Reply