प्याब्सन गैंडाकोट र हिसान नवलपुरद्वारा गैंडाकोट नगरपालिकालाई १ लाख ८० हजार सहयोग

0
गैंडाकोट 
प्याब्सन गैंडाकोट र हिसान नवलपुरले गैंडाकोट नगरपालिकाको राहात कोषमा १ लाख ८० हजार सहयोग प्रदान गरेको छ । संस्थागत विद्यालयहरुको छाता सङ्गठन प्याब्सन गैंडाकोट नगर–कमिटिले र हिसान नवलपुरले लकडाउनका कारण गरिब विपन्नहरुलाई परेको खाद्यान्न समस्या न्युनिकरण गर्नका लागि गैंडाकोट नगरपालिकाको रहत कोषमा नगद १ लाख ८० हजार सहयोग गरेको हो ।
प्याव्सनका केन्द्रिय उपाध्यक्ष भरतबाबू कंडेल, नगर कमिटि अध्यक्ष गोपेन्द्रकेसरी न्यौपाने, पुर्ब केन्द्रिय सदस्य लक्ष्मीप्रसाद दवाडी, नगर–सचिव विनोद पौडेल, सदस्य खेमराज सापकोटा, साथै हिसान नवलपुरका जिल्ला अध्यक्ष हरि भण्डारीको उपस्थितिमा गैंडाकोट नगरपालिकाका नगर–प्रमुख छत्रराज पौडेललाई सो रकम हस्तान्तरण गरिएको हो ।
सहयोग रकम ग्रहण गर्नुहुदै नगर–प्रमुख पौडलले दैनिक ज्याला मञ्जदुरी गरिखाने विपन्न परिवारको लागि प्याव्सन गैंडाकोट र हिसान नवलपुरले प्रदान गरेको सहयोग रकमले धेरै परिवारको भान्छामा चुल्हो बल्ने भन्दै आभार प्रकट गर्नुभयो । प्रमुख पौडेलले सहयोग रकमलाई तत्कालै विपन्नको परिवारसम्म पु¥याउने बताउनुभयो ।
रकम हस्तान्तण कार्यक्रममा गैंडाकोट नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत रामप्रसाद शर्मा, शिक्षा अधिकृत मोतिप्रसाद रिजाल सहित प्याब्सन गैंडाकोट नगर र हिसान नवलपुरमा आवद्ध विधालयका प्रतिनिधिहरुको उपस्थिति रहेको लक्ष्मण कंडेलले जानकारी दिनुभएको छ ।
Share.

Leave A Reply