राष्ट्रपतिद्धारा दुई अध्यादेश जारी, नेकपाको सचिवालय बैठक जारी

0

तस्विर ः प्रधानमन्त्रीका प्रेस सल्लाहार सुर्य थापाको फेसबुकबाट

८ वैशाख । मन्त्रिपरिषदको आज बसेको बैठकले दुई अध्यादेश निर्माण गरी राष्ट्रपति कार्यालय पठाएपछि राष्ट्रपति विद्यादेवी भण्डारीले ती दुई अध्यादेश जारी गर्नुभएको छ । जारी दुई अध्यादेशमा राजनीतिक दल सम्वन्धी दोस्रो संशोधन अध्यादेश, २०७७ को वढि चर्चा चलेको छ ।

अहिले नेकपा भित्रै खैलावैला भएपछि सचिवालय बैठक जारी छ । अर्को संविधानिक परिषद्को गणपूरक संख्यासम्बन्धी अध्यादेश राष्ट्रपति भण्डारीले पारित गर्नुभएको हो । आज बसेको मन्त्रिपरिषद् बैठकले पार्टी फुटाउन केन्द्रीय समिति र संसदीय दलमा कम्तिमा ४० प्रतिशत बहुमत हुनुपर्ने कानुनी प्रावधान हटाएर दुईमध्ये एकमा बहुमत भए पुग्ने व्यवस्थासहित अध्यादेश जारी गर्ने निर्णय गरेको थियो। त्यस्तै संवैधानिक परिषदको बैठकमा गणपूरक संख्या पाँच जनाबाट चार जनामा झार्ने अध्यादेश पनि मन्त्रिपरिषद्ले पारित गरेको थियो ।

ती अध्यादेश आजै राजपत्रमा प्रकाशन गर्ने तयारी भइरहेको कानुन मन्त्री शिवमाया तुम्बाहाङ्फेले जानकारी दिनुभयो । यद्यपी मन्त्री शिवमायाले अध्यादेश आउनुनै पार्टी फुट्नु हो भन्ने वुझाई गलत भएको बताउनुभयो । यसले नेकपा नफुट्ने बताउनुभयो । यता प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले पनि ४० प्रतिशत लोकतान्त्रिक अभ्यासनै रहेको भन्दै पार्टी नफुट्ने बताउनुभएको हो ।

राष्ट्रपतिले जारी गरेका अध्यादेश संसद अधिवेशन सुरू भएको ६० दिनभित्र संसदको बहुमतबाट पारित हुनु पर्ने संवैधानिक प्रावधान छ ।

अध्यादेश सम्वन्धी निर्णय आएसँगै प्रमुख विपक्षि दल नेपाली काँग्रेसले प्रधानमन्त्रीको वेमौसको बाजा बजाएको टिप्पणी गरेको छ । कोरोना भाइरसको महामारीको लडाइमा सवै एकजुट हुनुपर्नेमा वेमौसमको खेल भएको भन्दै सवै एकजुट भई कोरोना भाइरसको नियन्त्रणका लागि लड्न आह्वान गरेको छ ।

Share.

Leave A Reply