प्रवासमा कोरोनाको कहर – २८ जना नेपालीको मृत्यु, एक हजार संक्रमित

0


गैँडाकोट, ६ बैशाख । विश्वभर फैलिएको कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट नेपालबाहिर २८ जना नेपालीको मृत्यु भएको छ ।
एनआरएनका अध्यक्ष कुमार पन्तको अध्यक्षतामा गठित कोभिड –१९ उच्चस्तरीय समिति, स्वास्थ्य उपसमितिले संकलन गरेको तथ्यांकअनुसार बेलायतमा १७, अमेरिकामा ८, संयुक्त अरब इमिरेट्समा दुई र आयरल्याण्डमा एक जना नेपालीको निधन भएको हो ।
नेपालबाहेक विश्वभर एक हजार १६६ गैरआवासीय नेपाली अहिले कोरोनाबाट संक्रमित छन् ।
नेपालमा भने १९ हजार ५५४ जनामा परीक्षण गरिएकामा ३१ जनामा कोरोना संक्रमण देखिएको छ भने दुई जना कोरोनामुक्त भई घर फर्किसकेका छन् ।    स्रोत अनलाइन खबर

 

प्रवासमा कोरोनाको कहर । विदेशमा रहेका नेपालीका कुरा सुन्नुहोस् । तलको फोटोमा क्लीक गरेर 

Share.

Leave A Reply