कोरोना संक्रमित छन् भनी डर नमान्नु, पूर्ण व्यवस्थित सहित सेवा जारी छ, निर्धक्क सेवा लिनु ः भरतपुर अस्पताल

0

डोलराज रानाभाट,७ बैशाख । केन्द्रीय स्तरको भतरपुर अस्पतालले कोरोना भाइरसका विरामीको उपचार गरेपनि अन्य सेवालाइ वन्द नगर्ने भएको छ । थप प्रविधिको जडान सहित अन्य सेवालाई पनि निरन्तरता दिने अस्पतालका मेडिकल सुपरीटेन्डेन्ट डा श्रीराम तिवारीले जानकारी दिनुभयो ।

गत वैशाख ५ गते पठाइएको स्वाव परिक्षणमा कोभिड १९ देखिएका राप्ती नगरपालिकाका ६५ वर्षीय महिला र २७ वर्षीय पुरुषको अस्पतालमा उपचार चलिरहेको जानकारी दिँदै दुवैको अवस्था सामान्य रहेको छ । संक्रमित विरामी भएपछि अस्पतालले अहिले ब्लक ए को भुइतल्ला सिल्ड गरी आवश्यक प्रविधि जडान सहित स्वास्थ्य सेवालाई थप प्रवाकारी बनाइएको हो ।

अस्पतालको वि ब्लकमा प्रसुति सेवा लगायत सरकारका प्राथमिकतामा रहेका सेवाहरु, ब्लक ए कै माथिल्लो तलामा इमरजेन्सी अप्रेशनको व्यवस्था र अस्पतालको इमरजेन्सीलाई छुट्याएर उपचार प्रकृयालाई व्यवस्थित गरिएको छ ।

इमरजेन्सी मार्फत भर्ना भएका विरामीहरुका लागि अस्पतालका विभागहरु खुल्ला रहेको र कोभिड १९ को त्रासका कारण हतोन्साही हुनु नपर्ने जानकारी गराइएको छ । अहिले कोरोना संक्रमितहरुको लागि आइसोलेसन क्याविनमा इन्टरनेट र सिसिटिभिबाट निरीक्षण भइरहने भएकाले पनि हाल कुनैपनि प्रद्धत सेवा अवरुद्ध नहुने अस्पतालले जनाएको छ ।

Share.

Leave A Reply