लकडाउनमा कडाई गर्न गैडाकोट ४ का अध्यक्ष न्यौपानेको आग्रह

0

७ बैशाख । गैडाकोट नगरपालिका वडा नम्वर ४ का अध्यक्ष कृष्ण्प्रसाद न्यौपानेले लकडाउन कडा पार्न टोलविकास संस्थाहरुलाई आग्रह गर्नुभएको छ ।

विश्व महामारीको रुपमा फैलिरहेको कोरोना भाइरसका संक्रमित छिमेकी जिल्लामा पनि देखिन थालेपछि कुनै पनि अपरिचित व्यक्तिलाई वडामा प्रवेश गर्न नदिन आग्रह गर्दै आफ्नो स्वास्थ्यको पनि ख्याल राख्न उहाँको आग्ह छ ।

आफ्नो टोलभित्र प्रवेश गर्ने सडकहरुमा वाँस तेर्साएर भएपनि वाहिरी सवारी र मानिसहरु प्रवेशमा रोक लगाउन आह्वान गर्दै एम्वुलेन्सलाई मात्रै प्रवेश दिन आग्रह गर्नुभएको हो ।

अध्यक्ष न्यौपानले भन्नुभयो,“वाँस भाटा राख्ने कार्य अमिल्दो त हो तर स्वास्थ्य भन्दा ठूलो केही होइन रहेछ । त्यसैले लकडाउन कडा पार्न म सवै वडावासीलाई आग्रह गर्दछु । एम्वुलेन्स आउन मिल्ने गरी वाहेक वडाका सवै नाका वन्द गर्न आग्रह गर्दछु ।” टोलले एक जना व्यक्तिलाई जिम्मा लगाएर एम्वुलेन्स आउँदा मात्रै बाटो खुला राख्ने अन्य वेला वन्द गर्ने गरी लकडाउनलाई कडाई गर्न आह्वान गर्नुभएको हो ।

अध्यक्ष न्यौपानेले कुनै समस्या आए आफूलाई फोन गर्न आग्रह सहित यो समय घरवाट अनावश्यक वाहिर नहिँड्न पनि सुझाव दिनुभएको छ ।

Share.

Leave A Reply