गैडाकोट ४ बाट लगिएको युवतीको उपचारको क्रममा भरतपुर अस्पतालमा मृत्यु

0

डोलराज रानाभाट, ७ बैशाख । ज्वरो सहित अन्य समस्या आएपछि उपचार गराउन गैडाकोट ४ बाट भरतपुर सरकारी अस्पतालमा लगिएको एक जना युवतीको मृत्यु भएको छ । ज्वरो सहितको समस्या देखिएपछि ती युवतीलाई हिजो विहानै भरतपुर सरकारी अस्पतालमा लगिएको थियो । छिमेकीले कोरोना आशंका गरेपनि उहाँको स्वावको नमुना परीक्षणको नतिजा आइपुगेको छैन ।

जुम्ला घर भएकी उहाँ कावासोती वसेर पढ्दै गरेको र उहाँको दाई गैडाकोट ४ मा कोठा भाडामा रहेकाले लकडाउनको समय पनि भेट्न आउनुभएको थियो । यहाँ आउनासाथ ज्वरो सहित पेट दुख्ने समस्याले वहिनीलाई सताएपछि उपचारका लागि अस्पताल लगिएको थियो । वडाअध्यक्ष कृष्णप्रसाद न्यौपानेले मृत्यु भएको खवर आफूलाई आएको यद्यपी कारण वारे अस्पतालबाट आधारिकता नआएसम्म केही भन्न नसक्ने जानकारी दिनुभयो ।

वडाअध्यक्ष न्यौपानेले वडामा लकडाउन कडा वनाउन सवै टोलविकास संस्थाहरुलाई आग्रह गर्नुभएको छ । यो समय वाहिरी मानिस कसैलाई प्रवेश गर्न नदिन सवैमा आह्वान गर्नुभएको हो । एम्वुलेन्सलाई जान आउन मिल्ने गरी अन्य सवारी प्रवेशमा पूर्ण रोक लगाउन सवैमा आग्रह गर्दै उच्च सतर्कताका साथ आफ्नो स्वास्थ्यको ख्याल राख्न वडावासीलाई आग्रह गर्नुभएको छ । अहिले उक्त युवती र दाई वस्ने घरवेटीको स्वास्थ्य परीक्षणको लागि गैडाकोट स्वास्थ्य चौकी पठाउने तयारी भएको छ । उहाँहरुको स्वास्थ्य परीक्षण गर्ने तयारी भएको अध्यक्ष न्यौपानेले बताउनुभयो ।

उता भतरपुर अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलले पनि उहाँको स्वाव संकलन गरी हेटौँडा पठाएको र आज केही वेरमा रिपोर्ट आउने बताउनुभयो । विरामी लैजादैमा सिरियस भइसकेको र आइसीयुमा राखी उपचार गरिएको तर आज विहान मृत्यु भएको उहाँले जानकारी दिनुभयो । अस्पतालबाट कोरोनाको आशंका नगरिएको भएपनि स्वाव परीक्षणको लागि हिजो नै हेटौँडा पठाएको र अहिले केही वेरमा रिपोर्ट आएपछि वल्ला थप बताउन सक्ने उहाँको भनाई छ । भरतपुर प्रयोगशालाको हिजो सरसफाई गरेका कारण हिजो उहाँको सहित ४१ स्वाव हेटौँडा पठाइएको थियो ।

Share.

Leave A Reply