अलपत्र यात्रुलाई खाना सहित यातायातको व्यवस्था गरिनेः मेयर पौडेल

0

७ वैशाख । विश्व महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस कोभिड १९ को संक्रमण फैलन नदिन नेपाल सरकारले गरेको लकडाउनका कारण गैडाकोटमा आइपुगेका अलपत्र यात्रुहरुलाई नगरपालिकाले निशुल्क खाना सहित यातायातको व्यवस्था गरी गन्तव्यमा पुर्याउने भएको छ ।

विजय एफएममा आजबाट सुरु भएको कार्यक्रम हेलो मेयरमा कुराकानी गर्दै नगरप्रमुख पौडेलले यदि नगरपालिकाको क्वारेनटाइनमा वस्न चाहानेलाई सोही अनुसार व्यवस्थापन गर्ने यदि नचाहे निशुल्क खाना सहित यातायातको व्यवस्थापन गरेर यात्रुहरुको गन्तव्यमा पुर्याउने बताउनुभयो ।

अलपत्र यात्रुको जिम्मा लिने भन्दै नगरपालिकाले हिजो मात्रै नगरभित्र भएका विभिन्न सामाजिक कार्यहरु रोक्न सूचना जारी गरेको थियो ।

चितवनमा पनि कोरोना भाइरसका संक्रमित फेला परेको भन्दै त्यसले थप जोखिम निम्ताउने भएकाले कार्यक्रमहरु रोकेर एकद्धारा प्रणालीबाट सहयोग गर्न सवैमा आह्वान गरिएको थियो ।

सुन्नुहोस् नगरप्रमुख छत्रराज पौडेलसँग गरिएको थप कुराकानी

Share.

Leave A Reply