पैदलै घर हिँडेका मजदुरलाई थानकोटमा वसको व्यवस्था

0

७ वैशाख । लकडाउनको समयमा पनि पैदल नै घर हिँडेका जनताहरुको कारुणीक तस्विर सामाजिक संजालमा व्यापक भएर तीव्र आलोचना हुन थालेपछि जनप्रतिनिधिहरुको सक्रियतामा वसको व्यवस्था गरेर गाउँ पठाइएको छ । सांसदहरुले थानकोटबाट बस चढाएर गन्तब्यतर्फ पठाएका छन् ।

शुक्रबारदेखि थानकोटमा रोकिएका उनीहरुलाई सांसद अञ्जना विशंखेको नेतृत्वमा त्रिभूवन पार्कमा खाना बस्नको व्यवस्था गरिएको थियो । निवार साँझ सांसद अन्जना विसंखे, प्रदेश साम्सद रमा आले मगर, नेकपा १० इंचार्ज रूपा महर्जन, युवा संघ नेपाल चन्द्रागिरीका यूबाहरूहरूको सहकार्यमा पैदलयात्रीहरुको ज्वारो लगायतको स्वस्थ परिक्षण गरेर उनीहरुको गन्तव्यमा पठाइएको हो । दाङका विभिन्न स्थानमा जानेहरुका लागि पूर्वसभामुख कृष्ण बहादुर महरा, सांसदहरु रेखा शर्मा र शान्ता चौधरीले सहयोग गर्नुभएको थियो भने यस्तै सर्लाहीका मजदुरका लागि सर्लाही काठमाडौ सम्पर्क मञ्चले सहयोग गरेको थियो ।

शुक्रबारदेखि शनिवारसम्म थानकोटमा ३ सय पैदलयात्री रोकिएका थिए । तीव्र आलोचना भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले स्थानीय तहको सहकार्यमा अलपत्र यात्रुलाइ व्यवस्थापन गर्न यस अघि आग्रह गर्नुभएको थियो भने प्रमुख विपक्षि दल नेपाली काँग्रेसले पटक पटक सहज व्यवस्थापन गर्न माग गरेको थियो भने सर्वोच्च अदालतले पनि सहज तरिकाले गन्तव्यमा पठाउन अन्तरिम आदेश जारी गरेको थियो ।

Share.

Leave A Reply