स्थापना दिवसमा नेबिसंघ गैंडाकोट नगरद्वारा दिप प्रज्वलन कार्यक्रम सम्पन्न

0

अजय पौडेल, बैशाख ६ , गैंडाकोट । नेपाल विद्यार्थी संघ (नेबिसंघ) को ५१ औं स्थापना दिवसको अवसरमा नेबिसंघ गैंडाकोटले आज दिप प्रज्वलन कार्यक्रम सम्पन्न गरेको छ । नेबिसंघ स्थापना देखि विद्यार्थी आन्दोलनमा प्राण आहुति गरेका सहिदहरुको सम्झना तथा बिश्वमा फैलिरहेको कोरोना भाइरस निर्मुल होस भन्ने कामना गर्दै दिप प्रज्वलन गरिएको नेबिसंघ गैंडाकोट नगर संयोजक रमेश कोइरालाले जानकारी दिनुभयो ।

गैंडाकोट काङ्ग्रेस चोकमा गरिएको कार्यक्रममा नेबिसंघ नवलपुर जिल्ला अध्यक्ष राजेश पौडेल , नेबिसंघ पुर्ब केन्द्रिय सदस्य एवं नेपाली काङ्ग्रेस महाधिवेशन प्रतिनिधि गणेश सापकोटा, नेबिसंघ पुर्ब केन्द्रिय सदस्य गोकुल सापकोटा, नेपाल तरुण दल नवलपुर सचिव गोपाल सापकोटा,नेबिसंघ नवलपरासीका पुर्ब उपाध्यक्ष चित्रध्वज जिसि,गैंडाकोट वडा नम्बर ४ का वडा सदस्य तेजु घिमिरे,गैंडाकोट वडा नम्बर २ का वडा सदस्य प्रकाश सापकोटा, नेपाल तरुण दल नवलपुरका जिल्ला सदस्य हरी पौडेल, तरुण युवा राम तिवारी,नेबिसंघ जिल्ला सदस्य सरोज चालिसे,श्याम बन,सन्देश पराजुली,सुशील कोइराला युथ सर्कल नवलपुरका अध्यक्ष पवन कार्की लगायत अतिथिहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रममा बोल्ने बक्ताहरुले नेबिसंघको स्थापना संगै शैक्षिक आन्दोलनमा नेबिसंघले गरेको योगदानको चर्चा गर्नुभएको थियो ।

शुभकामना मन्तव्य राख्ने अतिथिहरुले अहिलेको विषम परिस्थितिमा सबै विद्यार्थीहरु कोरोना विरुद्ध सचेत रहन आह्वान गर्दै नवलपुर मा समस्यामा परेको भए सहयोगका हातहरु अगाडि बढाउन आग्रह गर्नुभएको थियो । नेबिसंघ गैंडाकोट नगर संयोजक रमेश कोइरालाको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा विभिन्न विद्यार्थीहरुको उपस्थिति रहेको थियो ।

Share.

Leave A Reply