कोरोनालाई जित्ने वाग्लुङकी ६५ वर्षीया महिला पनि डिस्चार्ज,संक्रमितको सख्या नेपालमा ३१ पुग्यो

0

तस्बिर ः महेश पौडेल

डोलराज रानाभाट, ६ बैशाख । कोरोना भाइरसबाट संक्रमित वाग्लुङकी ६५ वर्षीय महिलालाई आज अस्पतालबाट डिस्चार्ज गरिएको छ । छैठौँ संक्रमित को रुपमा कोरोना भाइरस देखिएपछि उहाँलाई वाग्लुङमै धौलागिरी अस्पतालमा उपचार गरिएको थियो । आज डिस्चार्ज गरिएको हो ।

बेल्जियमबाट कतार र त्यहाँबाट चैत ४ गते कतारको दोहाबाट कतार एयरवेजको विमान क्युआर ६५३ मार्फत नेपाल आयपुग्नुभएको उहाँले आत्मविश्वास ले नै रोग जित्न सकेको बताउनुभयो । चैत्र २० गते उहाँलाई कोरोना देखिएको थियो । आज वैशाख ६ गते डिस्चार्ज गरिएको हो ।

आजै चैत १० गते कोरोना संक्रमण पोजेटिभ देखिएको काठमाण्डौकी १९ वर्षीय युवतीलाई पनि डिस्चार्ज गरिएको छ । काठमाडौं घर भएकी उहाँ चैत ४ गते फ्रान्सबाट कतारको दोहा हुँदै काठमाडौं आउनुभएको थियो ।

फ्रान्सदेखि कतारसम्म सँगै जहाजमा आएको भियतनामको साथीमा कोरोना संक्रमण पुष्टि भएपछि उहाँ स्वास्थ्य जाँचका लागि चैत ९ गते टेकु अस्पताल पुगेर नमुना जाँच गर्दा पोजेटिभ देखिएको थियो । यस्तै गत माघ ९ गते नेपालमा पहिलो कोरोना संक्रमित भेटिएका थिए । चिनको वुहानबाट ल्याइएका उहाँ पनि निको भएर घर फर्किसक्नुभएको छ । नेपालमा अहिलेसम्म देखिएका ३१जना कोरोना संक्रमितमध्ये तीन जना निको भएर घर फर्किएका छन् । एक जना नयाँ संक्रमित देखा परेको भर्खरै स्वास्थ्य मन्त्रालयले आधाकारिक फेसबुक पेजमार्फत जानकारी गराएको छ । उहाँ ६५ वर्षीय पुरुष हुनुहुन्छ थप विवरण आउन वाँकी छ ।

Share.

Leave A Reply