राहतदेखि जनचेतनाका काममा युवाहरुको सक्रियता बढ्दै

0


गैँडाकोट । गैँडाकोट नगरपालिका भित्र विभिन्न स्थानमा युवाहरु राहतको अभियानमा जुटेका छन् । कतै रासन वितरण गरिरहेका छन् भने कतै बटुवालाई खाना खुवाइरहेका छन् । युवाहरुको सक्रियतामा खाजा तथा सर्वत पानी समेत वितरण गरिरहेका छन् । लकडाउनमा आफ्नो व्यस्तताले हिँडेका यात्रुको समस्यालाई हेर्दै यस किसिमको सामाजिक काम अघि बढाएका हुन ।
लायन्स क्लब अफ गैँडाकोट कालिगण्डकी र वातावरण विकास तथा अनुषन्धान केन्द्र


लायन्स क्लब अफ गैँडाकोट कालिगण्डकी र वातावरण विकास तथा अनुषन्धान केन्द्रको संयुक्त प्रयासमा राहत वितरणको कार्यक्रम जारी रहेको छ । विश्वभरि महामारिको रुपमा फैलिरहेको कोभिड १९ अर्थात कोरोना भाइरसको संक्रमणको संभावित जोखिमलाई मध्यनजर गर्दै जारी लकडाउनले प्रभावित यात्रुलाई सहयोग र राहतको कार्यक्रम गरिएको अभियानका संयोजक कृष्ण कंडेलले बताउनुभयो । कंडेलका अनुसार मास्क, खाजा, पानी वितरण गरिएको हो ।
पुर्वपश्चिम तथा पश्चिम पूर्व हुँदै हिंड्ने यात्रुलाई नारायणी पुलको छेउ गैँडाकोट २ मा निशुल्क खाजा तथा पानीको वितरण गरिएको छ । यसका साथै गैँडाकोट छिर्ने सवारी साधन तथा बटुवा सबैलाई स्यानीटाइज गरिएको छ ।
विपत्मा हामी अभियानले राहत पछि अब सर्वत पानी बाँड्दै


गैँडाकोटका केही युवाहरुको सक्रियतामा सहयोगका लागि विपत्मा हामी अभियान पनि सुरु भएको छ । यस अभियानले पहिलो पटक ४ सय भन्दा बढी परिवारलाई खाद्यान्न राहतको रुपमा सहयोग गरेको छ । यसका साथै यसै अभियानले गँैडाकोटका विभिन्न स्थानमा डिस् इन्फेक्सन पनि छरेको थियो । अभियानका संयोजक गोकुल सापकोटाले यस अभियानले अहिले गैँडाकोट नगरपालिका अघि बटुवाहरुलाई सर्वत पानी वितरण कार्य अघि बढाएको बताउनुभयो । उहाँले राहत र सहयोगका विशेष प्याकेज आगामी दिनमा अभियानले जारी राख्ने बताउनुभयो । यस अभियानले पूर्वपश्चिम तथा पश्चिम पूर्व गर्ने यात्रुलाई साइकलको समेत व्यवस्था गरेको छ ।

हरियाली गँैडाकोटको खाना खुवाउने अभियान


सफा सुन्दर हरियाली गैँडाकोटको अभियानले पहिलो चरणमा वडा वडामा राहत संकलन गरि स्थानीय सरकारलाई हस्तान्तरण गरेको छ । दोस्रो चरणमा यस अभियानले लकडाउनका कारण प्रभावित सडक बटुवाहरुलाई गँैडाकोट २ भृकुटी चोकमा खाना वितरण गरिरहेको अभियानका संयोजक गणेश सापकोटाले बताउनुभयो । सापकोटाका अनुसार अभियानले अहिलेसम्म करिब ५ सय जना बटुवाहरुलाई खाना खुवाएको छ । मंगलबार यस अभियानले गैँडाकोट क्षेत्रको सुरक्षा हुने भन्दै बटुवाहरुलाई गाडीमा झरे खोलासम्म पु¥याउने कार्य गरेको थियो । सामाजिक अभियन्ताहरुले यस कार्यमा साथ र सहयोग बढाएको संयोजक सापकोटाले बताउनुभयो । यस अभियानले जनचेतना फैलाउनका लागि विभिन्न व्यक्ति विशेषहरुसंग फेसबुक लाइभ कार्यक्रमको समेत सुरुवात गरेको छ ।

Share.

Leave A Reply