सारिका फाउण्डेशनको कार्यक्रममा ६२ जनाद्धारा रक्तदान

0


गैंडाकोट, वैशाख ५ । सारिका फाउण्डेशन अमरापुरी १४ ले गैंडाकोट १४ ले आयोजना गरेको रक्तदान कार्यक्रममा ६२ जनाले रक्तदान गरेका गरेका छन् । जसमा ५७ पुरुष र ५ महिलाले रक्तदान गरेको फाउण्डेशनका अध्यक्ष विक्रम ठकुरीले जानकारी दिनुभयो ।
कोरोनाको संक्रमणको त्रास रहेपनि सुरक्षित रुपमा सामाजिक दुरी कायम गर्दै सजगताका साथ कार्यक्रम गरिएको ठकुरीले जानकारी दिनुभयो । साबुन पानीले हात धोएपछि थर्मल गनबाट ज्वरो जाँच गरेपछि विदेशबाट आए नआएको जानकारी लिएपछि सर्जिकल माक्स, पञ्जाको प्रयोग गरेपछि औपचारिक कार्यक्रम बिना रक्तदान कार्यक्रम गरिएकोे उहाँले जानकारी दिनुभयो । रक्तदान कार्यक्रमा गैँडाकोट नगरपालीका प्रमुख छत्रराज पौडेल, कार्यपालीका अधिकृत रामप्रसाद आचार्य, गैडाकोट १४ की वडा अध्यक्ष कोकीसरा राना मगर र नगर स्वास्थ्य प्रमुख झलकराज पौडेलको उपस्थिति रहेको थियो । फाउण्डेशनले आगामी दिनमा १०,१८ मुख्य कार्यक्षत्रको लागी एम्बुलेन्स सेवा संचालन गर्ने लक्ष्य लिएको अध्यक्ष ठकुरीको भनाई छ ।
यसअघि सचेतना सम्बन्धी कार्यक्रम गरेको फाउण्डेशनले माक्स वितरण गर्नुको साथै १० देखी १८ नम्बर वडाका विपन्न वस्तिमा पुगेर ८ वटा वडामा थर्मल गर्न मार्फत ज्वरो परिक्षण गरेको थियो ।

Share.

Leave A Reply