वाग्मती प्रदेशद्धारा लकडाउनमा कडाई, आजबाट मोटरसाकइल पनि चल्न नदिने

0

२ वैशाख । वाग्मती प्रदेशका मुख्य मन्त्री डोरमणी पौडेलले आजदेखि प्रदेशभित्र लकडाउन थप कडा पार्न निर्देशन दिनुभएको छ । प्रदेश २ का जिल्ला पर्सा र रौतहटमा समेत कोरोना भाइरसको संक्रमण देखिएपछि प्रदेशमा लकडाउन कडा पार्न निर्देशन दिँदै थप सतर्कता अपनाउन आदेश दिनुभएको हो ।

प्रदेश राजधानी हेटौँडामा लकडाउन अवधिभर मोटरसाइकल सञ्चालनमा पूर्ण रुपमा रोक लगाउने निर्णय भएको छ । मुख्यमन्त्री पौडेलको निर्देशनपछि बसेको जिल्ला कमान्ड पोष्ट मकवानपुरको बैठकले लकडाउनलाई कडा गर्ने निर्णय गरेको हो ।

किनमेलको समयलाई बिहान ६ देखि ९ बजेसम्म ३ घण्टा कायम गरिएको छ । पौडेलले प्रदेशका सबै जिल्लामा वडावडामा खाद्य सामग्री किनमेल गर्न मिल्ने व्यवस्था गरेर नागरिकलाई एउटा वडाबाट अर्को वडामा आउजाउ गर्न नपाउने अवस्था बनाउन निर्देशन दिनुभएको थियो ।

Share.

Leave A Reply