भीआईपी सुरक्षामा कटौती गरी सीमामा प्रहरी थप्न गृहमन्त्री थापाको निर्देशन

0

२ वैशाख । गृहमन्त्री रामबहादुर थापा बादलले भीआईपीको सुरक्षामा अनावश्यक खटिएका सुरक्षाकर्मीलाई हटाई सीमामा थप गर्न निर्देशन दिनुभएको छ । भारतबाट कोरोना संक्रमित प्रवेश गने आशंक वढिरहदा सीमामा थप सुरक्षा सतर्कता अपनाउन उहाले निर्देशन दिनुभएको हो । नेपाल प्रहरी र सशस्त्र प्रहरी बललाई फिर्ता वोलाउन उहाँले निर्देशन दिनुभएको हो ।

प्रहरी महानिरीक्षक ठाकुरप्रसाद ज्ञवाली र सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाललाई बोलाएर गृहमन्त्री बादलले अनावश्यक रुपमा खटाइएका सुरक्षाकर्मीलाई फिर्ता बोलाउन निर्देशन दिएर सीमामा खटाउन निर्देशन दिनुभएको हो ।

अहिले कम्तिमा दुई हजार सुरक्षाकर्मी विशिष्ट व्यक्तिको सुरक्षामा खटिएका छन् । कतिपय विशिष्ट व्यक्तिले मन्त्रिपरिषदबाटै निर्णय गराएर कार्य्विधि विपरित सुरक्षाकर्मी राखेका छन् । उनीहरुको हकमा मन्त्रिपरिषदबाटै निर्णय गरेर कटौती गरिने मन्त्री वादलले बताउनुभएको छ ।

Share.

Leave A Reply