जिल्ला उद्योग वाणिज्य संध गैंडाकोटद्धारा राहत सामाग्री सहयोग

0

१ वैशाख । जिल्ला उद्योग वाणिज्य संध गैंडाकोट नवलपरासी वर्दघाट (सुस्ता पुर्व) ले गैडाकोट १ देखि १७ सम्मका ६६० घरपरिवारलाई खाद्यन्न प्याकेज सहयोग गरेको छ । संघका अध्यक्ष अमृत भट्टचनले उक्त सामाग्री आज नगरप्रमुख छत्रराज पौडेललाई हस्तान्तरण गर्दे दुखमा निजी क्षेत्र सदैव सहयोग गर्न तयार रहेको बताउनुभयो । प्रति परिवार १० किलो चामल, आधा लिटर खाने तेल, १ किलो दाल र २ प्याकेट मस्यौरा पुग्ने गरी ६६ क्वीन्टल चामल, ३३० लिटर तेल, साँढे ६ क्वीन्टल दाल र १ हजार ३ सय २० प्याकेट मस्यौरा, ५० कार्टुन चाउचाउ, ५ पेटी अण्डा राहतस्वरुप गैडाकोट नगरपालिकालाई हस्तान्तरण गरिएको हो । उक्त राहत सामाग्री सहयोगमा मुनाल फुड्स, जयश्री फुड्स, रत्न ह्याचरी र लालचन्द डागा, मन्जुश्री टेडर्स को विशेष भूमिका रहेको थियो ।

Share.

Leave A Reply