नवलपुरमा सवारी दुर्घटना ः लकडाउनमा पनि कमी आएन

0

डोलराज रानाभाट, १ बैशाख, २०७७ । नवलपुर जिल्ला धेरै सवारी दुर्घटना हुनेमा गनिन्छ । पूर्व पश्चिम राजमार्ग यसै जिल्ला भएर छिचोलिन्छ भने भित्री सडकहरु फराकिला र पक्की भएपनि ग्रामीण क्षेत्रका सडक भने साँघुरा र खतरायुक्त रहेका छन् । यी कारण पनि दुर्घटना वढ्नुका कारण मानिएपनि जिल्लामा लकडाउन हुँदा पनि सवारी दुर्घटनामा कमी आएको छैन । चैत्र ११ गते देखि नेपाल सरकारले विश्व महामारी भाइरस कोभिड १९ को संक्रमण फैलन नदिन लकडाउन सुरु गर्र्यो । अत्यावशकीय साधनहरु वाहेक गुड्न नदिने भनेपनि निजी सवारी पनि चलिरहे तर पनि सदाका दिन भन्दा धेरै कम संख्यामा सवारी गुड्दा पनि दुर्घटनामा कमी  आएन ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुरको तथ्याङ्क अनुसार लकडाउन कै दिन

चैत्र ११ गते ६ ठाउँमा ५ वटा सवारी दुर्घटनामा पर्यो । जसबाट ४ जनाको मृत्यु ५ जना घाइते हुन पुगे । यो दिन मात्रै ३ वटा मोटरसाइकल, १ वटा ट्याक्टर र १ वटा जीप दुर्घटनामा परेको थियो । त्यसको फेरि एक दिन पछि

चैत्र १३ गते मध्यविन्दु ७ अमरसामा मोटरसाइकल दुर्घटनामा पर्यो । आफै अनियन्त्रित भई पल्टीएको मोटरसाइकलमा सवार एक जनाको मृत्यु भयो भने २ जना घाइते ।

चैत्र १७ गते वसले पैदल यात्रीलाई ठक्कर दियो । मध्यविन्दु ११ मा भएको ठक्करबाट एक जना पुरुष घाइते हुन पुगे । त्यसको भोलिपल्टै

चैत्र १८ गते स्कुटर अनियन्त्रित भई पल्टियो । विनयी त्रिवेणी गाउँपालिका १ मा भएको उक्त दुर्घटनामा एक जना पुरुषको मृत्यु भएको थियो ।

चैत्र २१ गते देवचुली ५ मा जीप दुर्घटना भयो । जहाँ एक जना गम्भीर र ६ जना घाइते भए । त्यसपछि चैत्र २४ गते गैडाकोट ५ को भित्री सकडमा दुर्घटना भयो । जहाँ एक जनाको मृत्यु भयो ।

चैत्र २७ गते बौदिकालिमा ट्याक्टर पल्टियो । एक जना पुरुषको मृत्यु हुन पुग्यो ।यी माथि उल्लेखित सवै दुर्घटना लकडाउन सुरु भएको दिनदेखि चैत्र मसान्तसम्मका सवारी दुर्घटनाका विवरण हुन् । धेरैको जिज्ञासा हुन्छ खुला सकड पाउँदा पनि किन दुर्घटना ?

प्रहरी निरीक्षक मुनेन्द्र थापा                                                                               जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुरका प्रमुख मुनेन्द्र थापा भन्नुहुन्छ,“सडकमा एक्लै छु भन्दै तीव्र गतिमा सवारी चलाउनु मुख्य कारण हो ।” हुनपनि धेरै दुई पाग्रे सवारी दुर्घटनामा छन् । जुन तीव्र गतिमा चलेर आफै अनियन्त्रित भएका छन् । अन्य समय दुर्घटना धेरै हुने कारण प्रमुख थापाका अनुसार साँघुरो सडक नै हो । कति वर्ष पहिले वनेका सडक अहिले सवारीको भीड हुँदापनि यसको आयतन नवढ्नु हो भने अर्को तिव्र गति नै । थापा भन्नुहुन्छ,“त्यस्तै वस्तिको विचमा हाइवे हुनुपनि दुर्घटनाबाट मानिसहरुको मृत्यु वढ्नुको अर्को कारण हो । जसले पैदल यात्रीलाइ ठक्कर दिने चान्स धेरै हुन्छ ।”

त्यसो त लकडाउन नहुँदाका दिनमा पनि दुर्घटना उति नै छन् जिल्लामा ।

चैत्र १ गते गैडाकोट ४ काँग्रेस चोकमा ट्रकले ट्रकलाई ठक्कर दियो । एक जना पूरुष घाइते भए ।

चैत्र ४ गते गैडाकोट ८ मा मोटरसाइकलले साइकललाई ठक्कर दियो । दुई जना पुुरुष घाइते भए ।

चैत्र ६ गते मध्यविन्दु ७ मा ट्रकले मोटरसाइकललाई ठक्कर दियो । एक जना पुरुषको मृत्यु एक जना घाइते भए ।

चैत्र ६ गते नै विनयी त्रिवेणी १ मा वसले मोटरसाइकललाई ठक्कर दियो । एक जना पुरुषको मृत्यु भयो ।

चैत्र १० गते कावासोती ११ लोकाहामा मोटरसाइकलले साइकललाई ठक्कर दियो । एक जना पुरुष घाइते भए ।

चैत्र १० मै कावासोती ८ खरकट्टामा स्कुटर स्कुटर ठक्कर खाँदा एक जना वालकको मृत्यु, ४ जना घाइते जसमा २ वालक र २ जना पुरुष रहे ।

Share.

Leave A Reply