नेपाल रेडक्रस सोसाइटी गैडाकोटद्धारा आठसय थान माक्स सहयोग

0

गोविन्द रिमाल,गैडाकोट,१ वैशाख,२०७७ । नेपाल रेडक्रस सोसाइटी गैडाकोट आदर्श उपशाखाले आज गैंडाकोट नगरपालिकामा गठित दैवी प्रकोप उद्धार विशेष कोषलाई आठसय थान माक्स सहयोग गरेको छ ।

रेडक्रसका कार्यवाहक सभापति उमाकान्त सापकोटा, जिल्ला उपसभापति पूर्णप्रसाद गौडेल, सचिव विष्णु सापकोटा, कोषाध्यक्ष शरणहरि गौडेल, कार्यसमितिका सदस्य एवम् वडा नं ५ का वडाध्यक्ष नवराज कककडेल, सदस्यहरू शुभाष चापागाईँ, खुमनाथ पौडेल समाजसेवी शंकर आचार्य, रेडक्रसकर्मी गोविन्द रिमाल लगायतको संयुक्त कार्यदलले आज गैँडाकोट नगरपालिकाका प्रमुख एवम् दैवी प्रकोप उद्धार विशेष कोषका संयोजक छत्रराज पौडेललाई सो सहयोग हस्तान्तरण गरेको हो ।

विश्वव्यापी रुपमा देखिएको कोरोना भाइरस विरुद्धको अभियानमा स्थानीय सरकारको अभियानलाई सहयोग पुर्याउने उद्देश्यले सहयोग गरिएको संस्थाका कार्यवाहक सभापति उमाकान्त सापकोटाले बताउनुभयो । सहयोगी रेडक्रसकर्मीहरूलाई नगरपालिकाको तर्फबाट नगर प्रमुख छत्रराज पौडेलले धन्यवाद दिनुभयो ।

Share.

Leave A Reply