क्याप्टेन शाहीको सहयोग सहित गैडाकोट १२ मा राहत वितरण

0

symbolic

१ वैशाख, २०७७ । लकडाउनका कारण दैनिक ज्याला मजदुरी गरेर जिविका चलाउने वडावासीलाई गैडाकोट १२ ले राहत विरतण गरेको छ ।

गैडाकोट नगरपालिकाले दिएको १४२ वटा प्याकेज, गैडाकोट उद्योग वाणिज्य संघवाट २० वटा प्याकेज र क्याप्टेन वीर वहादुर शाहीको व्यक्तिगत ८३ वटा प्याकेज सहयोग सहित वडावासीहरुलाई राहत वितरण गरेको सामाजिक कार्यकर्ता सुरेन्द्र ढुँगानाले जानकारी दिनुभयो । व्यक्तिगत ८३ वटा प्याकेज सहयोग गर्ने शाही नेपाली काँग्रेस वडा सभापति पनि हुनुहुन्छ ।

उहाँले १० किलो चामल, नुन, तेल, ताल सहयोग गर्नुभएको हो । वडाअध्यक्ष थीर वहादुर थनेत, वडासदस्यहरु, नेकपाका अध्यक्ष धनेश्वर तिवारी, नेपाली काँग्रेसका सभापति क्याप्टेन वीर वहादुर शाही सहितको उपस्थितीमा वडाभित्रका विपन्न आर्थिक अवस्था कमजोर भएका घर परीवारलाई राहत वितरण गरिएको हो । छुटेका परिवारलाई पनि राहत वितरणको प्रकृया जारी रहेको बताइएको छ ।

Share.

Leave A Reply