धारा २७४ संशोधन गरे मधेसी मोर्चाले स्थानीय चुनावमा भाग लिने

0

९ चैत, काठमाडौं ।
मधेसी मोर्चा र संघीय गठवन्धनले संविधानको धारा २७४ संशोधन गरे सीमांकन हेरफेरलाई थाती राखेर स्थानीय चुनावमा सहभागी हुने संकेत दिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकै सक्रियतामा सत्तारुढ र मधेसी मोर्चाका नेताहरुबीच कार्यदल स्तरमा छलफल चलिरहेको छ । कांग्रेसका कृष्ण सिटौला, माओवादीका कृष्णबहादुर महरा, राप्रपाका दिपक बोहोरा कार्यदलमा छन् भने मधेसी मोर्चारसंघीय गठवन्धनबाट राजेन्द्र श्रेष्ठ, लक्ष्मणलाल कर्ण र पेशल ढकाल छन् । सत्तारुढ दलका नेताहरुले छलफल सहमति नजिक पुगेको दाबी गरेका छन् भने मोर्चाका नेताहरुले भने अहिले आफूहरु छलफमै रहेको बताउँछन् ।

संविधानको धारा २७४ मा संविधान संशोधनसम्वन्धी व्यवस्था छ । मधेसी मोर्चाले खारेजको माग गरेको उपधारा ४ देखि ७ सम्ममा कुनै पनि प्रदेशको सीमांकन हेरफेर गर्नु परे बहुसंख्यक प्रदेशसभाले स्वीकृति दिनुपर्ने व्यवस्था छ । यही संवैधानिक व्यवस्थाका कारण प्रचण्ड सरकारले अघि सारेको संविधान संशोधनसम्वन्धी विधेयक संसदमै अड्किएको छ ।

Share.

Leave A Reply