नयाँ वर्षको पहिलो दिन सामाजिक दुरी सहित गैडाकोटमा चहलपहल

0

डोलराज रानाभाट, गैडाकोट, १ वैशाख, २०७७ । नेपाली नयाँ वर्ष विस २०७७ सालको सुरुवात सँगै गैडाकोटमा लकडाउन भएपनि मानिसहरुको चहलपहल वढेको छ । विहानै देखि नगरपालिकाका मुख्य मुख्य चोकमा रहेका बजारहरुमा मानिसहरुको भीड वढेको हो । विक्रम संवत हिन्दू पञ्चाङ्गमा आधारित पात्रो हो, जुन प्राचीन हिन्दू परम्परा, वैदिक समय र सूर्यसँग सम्बन्धित रहेको मानिन्छ ।

यो पात्रो नेपाल, भारत, श्रीलंका र बंगलादेशमा पनि प्रयोगमा रहेको छ ।

बंगलादेशमा त वैशाख १ लाई नै नयाँ वर्षको रुपमा मनाउने गरिन्छ । सूर्य मीन राशीबाट मेष राशीमा प्रवेश गर्ने वैशाख संक्रान्तिका दिन मनाइने नयाँ वर्षमा स्नान, दान, गरे पूण्य प्राप्त हुने धार्मिक विश्वास छ । प्रत्येक व्यक्तिले गतवर्ष गरेका कामको सफलता÷असफलता मूल्यांकन गरी असफलता दोहोरिन नदिने र सफलता प्राप्त गर्न यस दिन योजना निर्माण एवं सत्संकल्प गर्ने गर्दछन् । यस वर्ष कोरोना महामारीका कारण मुलुक लकडाउनको अबस्थामा रहेकाले सावधानीपूर्वक घर घरमै बसेर नयाँ वर्षलाई स्वागत गर्दै शुभकामना आदान प्रदान गरिंदै छ ।

यही वाध्यतामा रहेका गैडाकोटका स्थानीय सामाजिक दुरी कायमै गर्दै मासु पसल देखि दुग्ध पसलमा वढि जाने र सामान खरिद गर्ने गरेका छन् । आज नयाँ वर्ष हर्षोउल्लासका साथ मनाउने सदाका वर्षलाई सम्झदै यस पटक भने विश्व महामारी लिइरहेको कोरोना भाइरसबाट बच्न अपनाइने सामाजिक दुरी कायम राख्दै विशेष गरी काँग्रेस चोकमा वढि किलमेल गर्नेहरु विहानै देखि वढेको देखिन्छ । त्यहाँ खुलेको मासु र दुग्ध पसलमा विहानै देखि मानिसहरुको चहलपहल वढेको हो ।

यद्यपी पसल संचालकले सामाजिक दुरी कायम राखेर सामानहरु विक्रि गरिरहेका थिए । गैडाकोटमा पछिल्लो समय भित्री भागमा लकडाउनको असर कम परेको छ । मानिसहरु घर वाहिर हिँड्न थालेका छन् भने धेरै कृषि कर्ममा व्यस्त हुने गरेका छन् । यता इलाका प्रहरी कार्यालय गैडाकोटका प्रमुख प्रहरी निरीक्षक चन्द्रवहादुर थापाले अझै स्थिती सामान्य नभएकाले घरभित्रै वस्न आग्रह गर्नुभएको छ। आज पनि नारायणी नदीमा नुहाउन जानेहरुलाई रोकेको जानकारी दिँदै अझै लकडाउन हाम्रै लागि हो भन्ने वुझ्न स्थानीयले नसकेको बताउनुभयो ।

यता नगरप्रमुख छत्रराज पौडेलले भारतमा संक्रमण दर वढ्दै जानु नेपालका लागि थप खतरा रहेको भन्दै लकडाउन लम्व्याउनुपर्नेमा जोड दिनुभयो । अहिले नगरभित्र र्यापिड कीटबाट परीक्षण गरिएकोमा पोजेटिभ नदेखिएपनि अझै शुक्ष्म ढंगले स्वास्थकर्मी र वडाअध्यक्षहरुलाई विदेशबाट आउनेहरुको अनुगमन र निगरानी राख्न आफूले निर्देशन दिएको बताउनुभयो ।

Share.

Leave A Reply