लकडाउनमा पनि लागु औषध गाँजा सहित विभिन्न ठाउँबाट व्यक्तिहरु पक्राउ

0

१ वैशाख, २०७७ । गत चैत्र ११ गते लकडाउन गरेपनि लागु औषध गाँजा तस्करहरु भने सक्रिय देखिएका छन् । अत्यावश्यक सवारी वाहेक संचालन हुन नपाउनुपर्ने हो ।

तर हिजो दिउसो १ बजे देवचुली नगरपालिका ७ नवलपुर स्थित रामबास भन्ने स्थानमा उत्तरबाट दक्षिण तर्फ जादैँ गरेको बा ९४ प ७६६८ नम्वरको पल्सर मोटरसाइकल लाई शंका लागि चेकजााच गर्दा गाँजा लिएर आएका र गाँजा दिने व्यक्तिहरु पक्राउ परेको जिल्ला प्रहरी कार्यालय नवलपुरले जानकार िदिएको छ ।

मोटरसाइकल चालक देवचुली ४ बस्ने वर्ष ३५ का हाकु बि.क.,सोही ठाउँका २२ वर्षीय अर्जुन बि.क. र गाँजा दिने देवचुली ९ विशालटार स्थित हरियाली टोल बस्ने वर्ष ५५ को दिल बहादुर सारु लाई प्रहरीले पक्राउ गरेको हो ।

मोटरसाइकलमा सवार व्यक्तिहरुले काखमा च्यापी राखेको जुटको झोला भित्र प्लाष्टिकमा बेरेको २५० ग्राम लागुऔषध गाँजा फेला परेको थियो ।

लकडाउनको वेला कहाँबाट ल्याएको भनी सोधपुछ गर्दा सारु सँग किनेको भनि बताएको र त्यपछि सारुको घर खानतलासी गर्दा ७ के.जी.ला.औ.गाँजा फेला पारी बरामद गरिएको डिएसपी मोहन बहादुर खंणले जानकारी दिनुभयो । उनीहरु उपर आवश्यक अनुसन्धान भई रहेको र आगुऔषध गाँजा शीषर्कमा मुद्दा चलाईने छ ।

त्यस्तै हिजो अपरान्ह ४ बजेको समय चितवनको खैरहनी ५ सलौली स्थित प्रदेश३–०३–००१ प ६२०० नम्बरको मोटरसाइकल चेकजााच गर्ने क्रममा लागु औषध गाँजा वरामद भएको छ ।

इलाका प्रहरी कार्यालय खैरहनीबाट प्रनानि जिवन कुमार सुनारीको टोलीले मोटरसाइकल पछाडी सवार जिल्ला चितवन रत्ननगर न.पा. १ सौराहाचोक बस्ने बर्ष २९ को राजेश चौधरीले पछाडी बोकेको कालो रंगको झोलामा ५५५ (पांच सय पचपन्न) ग्राम लागु औषध गांजा फेला परेपछि पक्राउ गरिएको हो । मोटरसाइकल चालक बर्ष २८ का बिष्णु महत्तो समेतलाई नियन्त्रणमा लिई इप्रका खैरहनीमा ल्याई अनुसन्धान कार्य भई रहेको प्रहरीले जनाएको छ ।

Share.

Leave A Reply