प्रदेश ५ का मुख्यमन्त्री पोखरेलद्धारा नयाँवर्षको शुभकामना, कोरोना विरुद्ध लड्न आह्वान

0

१ वैशाख, २०७७ । प्रदेश नम्वर ५ का मुख्यमन्त्री शंकर पोखरेलले नयाँवर्ष २०७७ को अवसरमा स्वदेश तथाविदेशमा रहनु भएका सम्पूर्ण नेपाली दिदी बहिनी दाजुभाइहरुमा सुख, शान्ति, सुस्वास्थ्य र समृद्धिको हार्दिक शुभकामनाव्यक्त गर्नुभएको छ ।

विपिन केसीले पठाउनुभएको इमेल मार्फत पठाइएको शुभकामना सन्देशमा मुख्यमन्त्री पोखरेलले भन्नुभयो, ”यतिखेर हामी विश्व मामहामारीको रुपमा फैलिएको कोरोना भाइरस विरुद्धको संघर्षमा छौं । नागरिकलाई कोरोना भाइरसबाट संक्रमितहुन नदिन तीन सातादेखि मुलुक लकडाउनमा छ । सरकारले मुलुकलाई लकडाउनमा राख्ने निर्णय बेलैमा गरेकाले समुदायमा संक्रमण बढेको छैन् । संक्रमित १२ जनामध्ये एक जनाबाहेक सबै बाहिरबाट आएकाव्यक्तिमा संक्रमण देखिएको छ । नयाँवर्षको नयाँउमंग, नयाँउत्साह र नयाँ अठोटले कोरोना विरुद्धको संघर्षमाएकीकृत रुपमा अघि बढाउन हामी सफलहुने विश्वास लिएको छु ।”

कोभिड १९ विरुद्धको संघर्षमा चिकित्सक सहितका स्वास्थ्यकर्मी नै अग्रमोर्चाका योद्धा भएको भन्दै उहाँले उनीहरुको मिहिनेत र उच्च मनोबललाई उच्च सम्मान रहेको बताउनुभयो । अहिलेसम्महामी सुरक्षित छाँैं तर जोखिमबाट मुक्त छैनाँैं, कोरोनाविरुद्ध लड्दै प्रदेशलाई कोरोनाबाट सुरक्षित राख्न सम्पूर्ण शक्ति केन्द्रित गरेका छाँैं । कोरोनाविरुद्ध प्रभावकारी ढङ्गले छिटो, व्यवस्थित र समन्वयात्मक रूपमाकामगर्न मेरो अध्यक्षतामा गठन भएको सङ्कट व्यवस्थापन केन्द्र सक्रिय छ , उहाँले भन्नुभयो ।

कोरोनाविरुद्धको लडाइँमा प्रदेशले उपचार संयन्त्र र संरचनालाई प्रभावकारी बनाएको छ । रुपन्देहीको बुटवल र भैरहवा, दाङको बेलझुण्डी र बाँकेको खजुरामा आइसियु सहितको कोरोनाविशेष अस्पताल तयार गरिएको छ ।

भैरहवामा प्रदेश जनस्वास्थ्य प्रयोगशाला स्थापना गरी कोरोनाभाइरसको परिक्षण गर्न थालिएको छ । छिट्टै नेपालगञ्ज र दाङमा पनि प्रयोगशाला सञ्चालनमा आउँदैछन् । उच्च सतर्कता र सावधानीकाकारण अहिलेसम्म यो प्रदेशमाकोरोना संक्रमित बिरामी भेटिएका छैनन् । भारतसंग सीमाजोडिएको क्षेत्रमा सशस्त्रप्रहरीको परिचालन चुस्त बनाइएको उहाँको भनाई छ ।

प्रदेश ५ संग सीमाजोडिएका प्रदेशसंगको सीमानाकामा पनि कडाई गरिएको छ । प्रदेश सरकारले कोरोना नियन्त्रण तथाउपचार कोष स्थापना गरेको छ । यो कोषमाप्रदेश सरकारले १० करोड रुपैंया जम्मा गरेको जानकारी दिनुभयो ।

Share.

Leave A Reply