चितवनका ३० जना चिकित्सकको स्वाब नमूनाको परीक्षण

0

१ वैशाख,२०७७ । भरतपुर कोरोना विशेष अस्थायी अस्पताल तथा चितवनका अन्य विभिन्न अस्पतालका चिकित्सक तथा स्वास्थ्यकर्मीको कोरोना भाइरसको नमूना जाँचका लागि प्रयोगशालामा पठाइएको छ ।

कोरोना अस्पतालमा सुरुआत देखि सकृय रहँदै आएका भरतपुर अस्पतालका अध्यक्ष डा.भोजराज अधिकारी, नेपाल चिकित्सक संघका केन्द्रिय उपाध्यक्ष अनिलबिक्रम कार्कीसहित ३० जना चिकित्सक तथा स्वास्थ्यकर्मीको स्वाबको नमूना परीक्षणका लागि भरतपुर कोरोना प्रयोगशालामा पठाइएको छ ।

फ्रन्टलाइनमा रहेर बिरामीको उपचारमा सकृय स्वास्थ्यकर्मीको नमूना जाँचका लागि पठाइएको हो । यसैविच भरतपुर कोरोना विशेष अस्थायी अस्पतालबाट हिजो सम्म २०१ जनाको नमुना संकलन गरि पठाइएको छ ।

सवैको रिपोर्ट नेगेटिभ आएको छ । हिजो मात्रै भरतपुरमै रहेको कोरोना भाइरस परीक्षण प्रयोगशालामा पठाइएको ३० वटा नमुनाको नतिजा नगेटिभ आएको छ । हाल सम्म १३८ जनालाई अस्पतालबाट डिस्चार्ज गरिएको छ जसमा हिजो मात्रै २३ जनालाई डिस्चार्ज गरिएको अस्पतालले जनाएको छ । अव तीन वटा नमुना परीक्षणको लागि पठाउन वाँकी रहेको छ ।

Share.

Leave A Reply