नेपालमा संक्रमितको संख्या १२ पुग्यो

0

१ वैशाख २०७७ । अहिले सम्म नेपालमा कोरोनाबाट संक्रमितको संख्या १२ पुगेको छ । पछिल्लो समय ३ जना भारतीयमा कोरोना संक्रमित देखिएपछि १२ पुगेको हो । जसमा एक जना निको भएर घर गइसक्नुभएको छ ।

आइतबारको अपडेटअनुसार ५ हजार १ सय ८४ जनाको कोरोना भाइरसको परीक्षण गरिएको छ । २४ घण्टामा ७ सय ९५ नमुना परीक्षण भएको छ । टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला हालसम्म ४ हजार २० नमुना परीक्षण भएको छ भने उपत्यकाबाहिर १ हजार १सय ६४ नमुना परीक्षण गरिएको छ ।

हिजो सम्मको अपडेटमा आइसोलेसनमा देशभरी ८५ जना रहेका छन् भने क्वारेन्टाइनमा ७ हजार ९७३ जना रहेका छन् । आरडीटीबाट गरिने परीक्षण हालसम्म ३ हजार ३२१ जनाको यसबाट परीक्षण भइसकेको छ । आरडिटी र पीसीआर परीक्षण जोड्दा ८ हजार ५०५ जनाको हालसम्म परीक्षण भइसकेको स्वास्थ्य मन्त्रालयमा प्रवक्ता डा विकास देवकोटाले जानकारी दिनुभयो ।

Share.

Leave A Reply