आजबाट नयाँ वर्ष २०७७ सुरु, विजय एफएमद्धारा सवैमा शुभकामना व्यक्त

0

१ वैशाख, २०७७ । आजबाट नेपाली नयाँ वर्ष २०७७ सुरु भएको छ । आज वैशाख १ गते । यो शुभ अवसरमा नेपालकै सर्वोत्कृष्ट सामुदायिक रेडियो विजय एफएम १०१ दशमलवल ६ ले सवैमा शुभकामना व्यक्त गरेको छ ।

एफएमका अध्यक्ष भूमिराज चापागाई र स्ेटशन म्यानेजर श्रीधर उपाध्यायद्धारा जारी शुभकामनामा सन्देश मार्फत नयाँ वर्षको पावन अवसरमा देश विदेशमा रहनुभएका सम्पुर्ण नेपालीहरुमा सुख शान्ति एव समृद्धिको हार्दिक मंंगलमय शुभकामना व्यक्त गरिएको छ ।

साथै विश्व महामारीको रुपमा फैलिरहेको कोरोना भाइरसको संक्रमणबाट वच्न सामाजिक दुरी कायम गर्दैै नयाँ वर्षलाई स्वस्थ्य वनाउन आग्रह पनि गरिएको छ । नयाँ वर्षलाई निमन्त्रणा दिएर २०७६ सालले आफूलाई सुखद अन्त्य भने गर्न सकेन । अन्त्य तिर विश्वभर फैलिरेहको कोरोना भाइरसका कारण देश वन्दावन्दीमा रहेको २१ दिन पुगेको छ ।

विक्रम संवत हिन्दू पञ्चाङ्गमा आधारित पात्रो हो, जुन प्राचीन हिन्दू परम्परा, वैदिक समय र सूर्यसँग सम्बन्धित रहेको मानिन्छ । यो पात्रो नेपाल, भारत, श्रीलंका र बंगलादेशमा पनि प्रयोगमा रहेको छ । बंगलादेशमा त वैशाख १ लाई नै नयाँ वर्षको रुपमा मनाउने गरिन्छ । सूर्य मीन राशीबाट मेष राशीमा प्रवेश गर्ने वैशाख संक्रान्तिका दिन मनाइने नयाँ वर्षमा स्नान, दान, गरे पूण्य प्राप्त हुने धार्मिक विश्वास छ ।

प्रत्येक व्यक्तिले गतवर्ष गरेका कामको सफलता÷असफलता मूल्यांकन गरी असफलता दोहोरिन नदिने र सफलता प्राप्त गर्न यस दिन योजना निर्माण एवं सत्संकल्प गर्ने गर्दछन् । यस वर्ष कोरोना महामारीका कारण मुलुक लकडाउनको अबस्थामा रहेकाले सावधानीपूर्वक घर घरमै बसेर नयाँ वर्षलाई स्वागत गर्दै शुभकामना आदान प्रदान गरिंदै छ ।

Share.

Leave A Reply