गैँडाकोट ८ मा ८० जनालाई वडामार्फत घर घर पुगि राहत वितरण

0

हिमा अर्याल, चैत्र ३० ।
गैँडाकोट वडा नं ८ मा आज फेरि विपन्नका लागि राहत वितरण गरिएको छ । यस अघि गत चैत्र २४ गते राहत वितरण गरिएकोमा छुटेका वडाका अन्य ८० जनालाई वार्ड अध्यक्ष डिलाराम रिजालको सक्रियतमा राहत वितरण गरिएको वार्ड सदस्य नरबाहादुर थापाले जानकारी दिनु भयो । वार्ड कार्यालयको रकमबाट कोठामा बस्ने आर्थिक अवस्था कमजोर भएका व्यक्तिहरुलाई राहत वितरण गरिएको थापाले बताउनु भयो ।
१० केजि चामल, १ केजि दाल, १ पोका नुन, १ पोका तेल, हातधुने सावन बितरण गरिएको हो । बडाध्यक्ष डिलाराम रिजालको सक्रियतामा पिडितको घर घरमै पुगेर राहत वितरण गरिएको थियो ।
यस अघि चैत्र २४ गते गैँडाकोट नगरपालिकाबाट प्राप्त राहत वडामा रहेका २ सय ७७ गरिब विपन्नलाई वितरण गरि सकिएको थियो । वडामा खाद्यय सामाग्रि उपयोगमा केहि समस्या भए अथवा कसैलाई स्वास्थ्य समस्या भएमा वडामा सम्पर्क राख्न पनि वडा नं ८ को वडा कार्यालयले अनुरोध गरेको छ ।

Share.

Leave A Reply