सफा सुन्दर हरियाली गैँडाकोट अभियानले फोटो नखिची खाना खुँवाउदै – संयोजक गणेश सापकोटा

0


गैँडाकोट, २९ चैत । सफा सुन्दर हरियाली गैँडाकोट अभियानले लकडाउनका कारण प्रभावित बटुवाहरुलाई निशुल्क खाना खुवाउने अभियान सुरु गरेको छ । गैँडाकोट २ भृकृटी चोकमा विहान देखि बेलुकासम्म आफ्ना गाउँ फर्किरहेका बटुवाहरुलाई खाना खुवाउन थालेको अभियानका संयोजक गणेश सापकोटाले बताउनुभयो । बटुवाहरुलाई मात्र नभएर विहान बेलुका छाक टार्न गाह्रो भएका व्यक्तिहरुलाई खानाको व्यवस्था गरिएको संयोजक सापकोटाले बताउनुभयो । यो अभियान आइतबार देखि निरन्तर रहने अभियानका संयोजक सापकोटाले बताउनुभयो ।


यस अभियानले यस अघि गैँडाकोटका विभिन्न वडाहरुमा वृक्षारोपण तथा सरसफाई अभियान चलाएको थियो ।

Share.

Leave A Reply