सोमबारदेखि विपद्मा हामी अभियानले राहत वितरण गर्ने – संयोजक गोकुल सापकोटा

0


गैँडाकोट, २९ चैत । कोभिड १९ कोरोना भाइरसको संक्रमण कम गर्न सरकारले लकडाउन आइतबार २० दिन पुगेको छ । लकडाउन अझै लम्बिने संकेत देखिन्छ । नेपालमा आइतबार तीन जना भारतीयमा कोरोना भाइरसको संक्रमण देखिएपछि १२ जना संक्रमित पुगेका छन् । एक जनालाई भने निको भएको छ । लकडाउनका कारण जनजीवन विस्तारै प्रभावित हुन थालेको छ । काम गरेर विहान बेलुकाको दैनिक जोहो गर्ने परिवार प्रभावित हुन थालेसंगै गैँडाकोटमा विपद्मा हामी अभियानले राहत अभियान अघि बढाउने भएको छ । युवा नेता गोकुल सापकोटाको संयोजकत्वमा स्थापित विपत्मा हामी अभियानले सोमबारदेखि राहत अभियान सुरु गर्ने जनाएको छ । सापकोटाका अनुसार सोमबारदेखि बास्तविक छाक टार्न गाह्रो हुने परिवारलाई सहयोग गर्ने गरी काँग्रेस चोक, भेडाबारी चोकमा राहत वितरण सुरु गरिने भएको छ ।

 

यस अभियानले गैँडाकोटका विभिन्न वडाका व्यस्त चोकहरुमा किटनाशक औषधी छरेको थियो । यस अभियानमा सह संयोजक गोपाल सापकोटा , आर्थिक संयोजक राम तिवारी , सल्लाहकार तारापती खरेल,  राजेश पौडेल, बद्रि सापकोटा, सरोज चालिसे लगायतका व्यक्तिहरुको सहभागिता रहेको छ ।

Share.

Leave A Reply