श्रमिकका समस्यामा गम्भीर हुन सरोकारवालाद्धारा सरकारको ध्यानाकर्षण

0


चितवन, ३० चैत । विश्वब्यापी रुपमा फैलिरहेको कोरोना भाइरस कोभिड १९ को कारणले श्रमिकलाई परेका समस्यामा गम्भीर हुन सरोकारवालाहरुले सरकारको ध्यानाकर्षण गराएका छन् । संयुक्त ट्रेड युनियन समन्वय केन्द्र, नेपाल ट्रेड युनियन काँग्रेस, जिफन्ट तथा अखिल नेपाल ट्रेड युनियन महासँघ बागमति प्रदेश ईकाईले एक प्रेस बिज्ञप्ती प्रकाशित गर्दै समस्यामा परेका श्रमिकहरुलाई तत्काल राहत प्रदान गर्न सरकारसँग जोडदार माग गरेका छन् । बैशाख ३ गतेसम्म सरकारले संभावित जोखिमबाट बच्न लकडाउन गरेको छ । यो लकडाउन अझै लामो समय सम्म चल्न सक्ने सम्भावना रहेको छ । यसरी लकडाउनको अवस्था लम्बिदै जाने हुँदा काम गरी खाने मासिक ज्यालादारी, दैनिक ज्यालादारी तथा अनौपचारिक क्षेत्रमा कार्यरत श्रमिक तिनका परिवार र बालबालिका भोक भोकै बस्ने अवस्था सृृजना भएकोमा सरोकारवालाको ध्यानाकर्षण हुन आग्रह गरिएको हो । नेपाल सरकारले स्थानिय स्तरमा वितरण गरेको राहत कार्यक्रम लक्षित बर्गमा अझै पनि प¬ग्न नसकेको विज्ञप्तीमा जनाइएको छ । राहत नपुगेका स्थानमा स्थानमा श्रमिक राहातको प्याकेज ल्याई वितरण गर्ने ब्यवस्था मिलाउन नेपाल सरकार समक्ष संय¬क्त ट्रेड य¬नियन समन्वय केन्द्र बागमति प्रदेश समितीले माग गरेको छ ।
जिफण्टका अध्यक्ष रामहरि नेपाल, अखिल नेपाल ट्रेड युनियन महासँघ बागमति प्रदेश ईकाई अध्यक्ष पिताम्बर गिरी र संय¬क्त ट्रेड य¬नियन समन्वय केन्द्र एंव नेपाल ट्रेड युनियन काँग्रेस वाग्मतिकाका अध्यक्ष घनश्याम चापागाईंले संयुक्त रुपमा विज्ञप्ती निकाली माग गरेका हुन् ।
विज्ञप्तीमा भनिएको छ “ यसका साथसाथै हाल कोरोना भाईरसका विरमीहरु र एकान्तबासमा रहेको हरुको औषधि उपचारमा खटिएका स्वास्थ्य क्रमिहरु, देशै भरि समाचार सम्प्रेशणमा हिडेका पत्रकार मित्रहरु, वित्तिय क्षेत्रका कर्मचारीहरु तथा अत्याआवश्यक सेवा तथा उधोगहरुमा कार्यरत श्रमिकहरुलाई पर्याप्त र प्रभावकारी ब्यक्तिगत स¬रक्षाका सामग्रीको व्यवस्था र जिवन विमा गर्न बिनम्र अन¬रोध गर्दछौ।साथै अतिआवश्यक उधोगहरु बाहेक अन्य उधोगहरु पनि कताकतै संचालनमा आएको ह¬दा त्यस्ता उधोगहरुलाई लकडाउन नै कायम गरी अतिआवश्यक औषधि तथा खाध्य सामग्रीका उधोगहरु संचालन गर्न¬परेमा प¬र्ण रुपमा एएभ् को उपलब्ध गराई अन्तराष्ट्रिय स्थरको मापदण्ड प¬रा गरि संचालन गर्न र विभिन्न जिल्लामा अलपत्रमा परेका श्रमिकहरुलाई आ–आफ्नो जिल्ला घरमा स¬रक्षितका साथ प¬र्याउने ब्यवस्था मिलाउन अन¬रोध गर्दै डिउटीमा आउदा र जादा अवरोध नह¬नेखालको व्यवस्था मिलाउन यस संय¬क्त ट्रेड य¬नियन समन्वय केन्द्र ( व्त्ग्ऋऋ) बागमति प्रदेश समिती माग गर्दछ । सो अन¬सार नभई संचालन गरेका उधोगहरु बाट समस्या सृजना ह¬न प¬गेमा सरकार र उधोगपति स्वयम जिम्मेवार ह¬नेछन् । कोरोना भाईरस बाट संक्रमित ह¬न बाट बचाउन र उद्धार गर्न बैदेशिक रोजगारमा रहेका श्रमिकहरुलाई सम्बन्धित देशको राजद¬तावास संग क¬टनितिक पहल गरी उचित ब्यवस्था मिलाउन¬ह¬न सरकार सगं जोडदार माग गर्दछौ । ”

Share.

Leave A Reply