नवलपुरमा २० जनामा कोभिड १९ को जाँच गर्दा सबैजनाको नतिजा नेगेटिभ

0

प्रेम क्षेत्री
चैत्र २९, गैंडाकोट । नवलपरासी (वर्दघाट सुस्तापूर्व) जिल्लामा हालसम्म २० जनामा कोभिड १९ को जाँच गर्दा सबैजनाको नतिजा नेगेटिभ आएको छ ।

मध्यविन्दु अस्पतालबाट २ जनाको नमूना संकलन गरि जाँचका लागि भरतपुर अस्पताल पठाईएकोमा सो नतिजा पनि नेगेटिभ रहेको आज जिल्ला स्वास्थ्य कार्यालय नवलपुरले जनाएको छ ।

स्वास्थ्य कार्यालयका अनुसार जिल्लामा २४ वटा आईसुलेसन बेड सङ्ख्या रहेका छन् । जहाँ कुनैपनि बिरामी राखिएको छैन ।

जिल्लामा रहेका अस्पतालहरुमा २ सय २५ जना ओपिडि सेवा लिन पुगेका छन् । जसमध्ये २७ जनामा ज्वरो देखिएको तथ्याङ्कमा उल्लेख गरिएको छ ।

जिल्लामा विदेशबाट आएको सङ्ख्या ८ सय ६० रहेको जनाईएको छ ।

Share.

Leave A Reply