कोरोना भाइरस परीक्षण गर्ने कीट गैडाकोटमा आइपुग्यो, आजै बाट काम सुरु

0

डोलराज रानाभाट, गैडाकोट,२९ चैत्र । नेपाल सरकारले विदेशबाट आउनेहरुको कोरोना भाइरस संक्रमण रहे नरहेको परीक्षण गर्ने निर्णय गरे अनुसार गैडाकोटमा पनि कीट प्राप्त भएको छ ।

ठूलो संख्यामा कोनोरा भाइरस भए नभएको परीक्षण गर्न प्रयोग गरिने र्यापिट डाइग्नोष्टिक टेष्ट आरडीटी गैडाकोटमा हिजो आइपुगेको हो । केन्द्र सरकारले प्रदेश र प्रदेशले स्थानीय तहहरुमा पठाएको हो । स्थानीय तहमा गत चैत्र ९ गतेदेखि यता विदेशबाट आउने सवैको कीट बाट कोरोना भाइरस रहे नरहेको परीक्षण गरिने छ ।

गैडाकोट नगरपालिकाका नगर प्रमुख छत्रराज पौडेलका अनुसार आजैबाट पितौजीघाट स्वास्थ्य चौकीबाट काम सुरु गरिएको छ। नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख झलकराज पौडेलले नगरपालिकाको तथ्याङ्कमा रहेका व्यक्तिहरुको नमुना परीक्षण गर्ने र सोही अनुसारको नतिजा प्रदेशमा पठाउने उहाँले बताउनुभयो ।

नगरपालिकाभित्र हालसम्म ४१ जना विदेशबाट आएका छन् । तर सवैको नभई जो १४ देखि २१ दिन भित्रका छन् उनीहरुको परीक्षण गरिनेछ । यो कीटमा रगत राखेर परीक्षण गरिने भएकाले नतिजा केही घण्टामै थाहा हुने पनि पौडेलले जानकारी दिनुभयो ।

यसको परीक्षणपछि आएको नतिजालाई आधार मानेर नगरपालिकामा कोरोना भाइरस संक्रमण रहे नरहेको अझै स्पष्ट हुने र सोही अनुसारको आगामी योजना वनाउने सहज हुने नगरप्रमुख पौडेलले बताउनुभयो । कीटले कोरोना भाइरस रहे नरहेको निश्चित नगरेपनि शंकाष्पद विरामी हो वा होइन भन्ने सम्म पुग्न सकिने र यदि शंकाष्पद विरामी भए तुरुन्तै कोरोना विशेष अस्पतालमा लगेर घाँटीबाट स्वाव लिएर परीक्षण सुरु गरिहाल्ने  पौडेलले जानकारी दिनुभयो

Share.

Leave A Reply