पहिलो पटक गैडाकोटमा निस्किय मनकारी घरवेटी, चैत्र महिनाको घरभाडा नलिने अधिकारीको घोषणा

0

डोलराज रानाभाट, गैडाकोट, २९ चैत्र । कोभिड १९ का कारण विश्व महामारीको संकट रहेको वेला गरीव विपन्न मात्रै होइन केही मध्यवर्गीय परिवारलाई समेत समस्या पर्न थालेको छ ।

गत चैत्र ११ गतेदेखि नेपाल सरकारले कोभिड १९ को संक्रमण फैलन नदिन गरेको लकडाउन वैशाख ३ सम्म कायम हुँदा धेरैको दैनिक रोजगारी र आम्दानीको बाटो गुमेको छ । यस्तो समय मनकारी मानिसहरुको खाँचो छ समाजलाई । सरकारले पनि निर्देशन नभई घरवेटीहरुलाई सकेको भाडा मिनाहा गर्न आग्रह गरेको थियो । हालसम्म गैडाकोटमा एक जनाले पनि व्यापारिक घर वाहेक घरभाडा निशुल्क घोषणा गर्न नसकिरहेका समय हिजो भने गैडाकोट मै पहिलो पटक वडानम्वर ४ निवासी विश्वराज अधिकारीले चैत्र महिनाको घर भाडा नलिने घोषणा गर्नुभएको हो । घर भाडा निशुल्क गर्नेमा उहाँ नै गैडाकोटमा पहिलो घरवेटी भएको दावी गरिएको छ ।

अहिलेको लकडाउनले भएको रोजगारमा समेत असर परिरहेको सन्दर्भलाई ध्यानमा राखेर आफूले चैत्र महिनाको घर भाडा मिनाह गरेको विजय एफएमसँगको कुराकानीमा बताउनुभयो । आफूले तीन वटा कोठा भाडामा दिएको र सवैको यस महिनाको भाडा नलिने घोषणा गरेको जानकारी दिनुभयो ।

विपतको सयम एउटा नागरिकको तर्फबाट सकेको सहयोग आफूले गरेको भन्दै उहाँले विपतको समय सम्भव रहेसम्म आफ्नो मनलाई खुला राखेर अरुलाई सहयोग गर्न उहाँले सवैलाई आग्रह गर्नुभयो । व्यापारिक तर्फ भने यस अघि पहिलो पटक गैडाकोट एग्रो मार्ट प्रालिले सटरको भाडा नलिने घोषणा गरेको थियो ।

Share.

Leave A Reply