लकडाउनका कारण घर जानबाट बन्चित मजदुरको गैंडाकोटमा मृत्यु

0

सरकारले गरेको लकडाउनका कारण घर जानबाट बन्चित कालिगण्डकी करिडोरमा काम गर्ने मजदुर मध्ये एकजनाको मृत्यु भएको छ । गैंडाकोट ३ महेश्वत खोला किनारमा बस्दै आएका मध्ये गएराती एकजनाको मृत्यु भएको गैंडाकोट ३ का वडा अध्यक्ष शिवकान्त तिवारीले जानकारी दिनुभयो । उनको के कारण मृत्यु भएको भन्ने बारे अनुसन्धान भइरहेको छ ।

उनीहरुलाई जिल्ला प्रशासन कार्यालयले लकडाउनको समयमा घर जान रोक लगाइ सो स्थानमा निर्माण कम्पनी मार्फत बसोबासको व्यवस्था मिलाएको थियो । उनीहरुले घर जाने व्यवस्था मिलाइदिन आग्रह गर्दै आएका थिए ।

खोला किनारमा बसोबासको राम्रो व्यवस्थापन हुन नसकेको मजदुरले बताएका छन् । यसअघि प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरेले उनीहरुको बसाई र खानपिनमा कुनै कमि हुन नदिने बताउदै लकडाउन अवधीभर सो स्थानमा बन्दोबस्ती सहितको व्यवस्था गरिने र प्रशासनको निगरानीमा राखिने बताउनुभएको थियो ।

सहकर्मीको मृत्यु भएपछि मजदुरहरु अतालिएका छन् । गैंडाकोट-पाल्पा जोड्ने कलिगण्डकी करिडोर सडक खण्डमा कार्यरत सयौं मजदुर लकडाउनका कारण रोकिएका छन् । उनीहरुलाई विभिन्न स्थानमा निर्माण कम्पनी मार्फत बसोबासको व्यवस्था मिलाइएको प्रशासनको दाबी छ ।

2076-12-29

Share.

Leave A Reply