गैंडाकोटमा “विपतमा हामी” अभियान शुरु

0


गैंडाकोट । गैंडाकोटमा “विपतमा हामी” नामक अभियानका अभियान्ताहरुको सक्रियतामा विभिन्न स्थानमा किटनाशक औषधी छर्ने काम सुरु गरिएको छ ।

बिहिबार गैंडाकोट १ को मिलनचोक, शिलन्यास चोक र ईलाका प्रहरी कार्यालय आसपासका क्षेत्रमा किटनाशक औषधी छरिएको अभियान्ता गोकुल सापकोटाले जानकारी दिनुभयो ।

अभियान अन्तर्गत गैंडाकोट नगरपालिकाका मुख्य राजमार्ग भित्री सडक खण्डका मुख्य चोक लगायतका स्थानमा किटनाशक औषधी छरिने उहाँको भनाई छ । साथै उहाँले स्थानीय तहमा नगर, गाउँ र वडामा विभिन्न सचेतनाका कामहरु पनि अघि सारेको जानकारी दिनुभयो । कोरोना भाइरस र यसको सम्भावित जोखिम रोक्न सचेत गराईएको उहाँको भनाई थियो ।

“विपतमा हामी” नामक अभियानले केही समयभित्रै गैंडाकोटका अति विपन्न परिवारलाई राहत वितरण गर्ने पनि सापकोटाले जानकारी दिनुभयो ।

अभियानमा तारापति खरेल, गोकुल सापकोटा, राम तिवारी, गोपाल सापकोटा, सरोज चालिसे, ईश्वर रिमाल, यदु सापकोटा, वद्री सापकोटा लगायत रहनुभएको छ ।

Share.

Leave A Reply