नवलपुरबाट हालसम्म कोरोना शंकास्पद २० जनाको नमुना परीक्षण

0

२७ चैत्र । नवलपुरमा हालसम्म कोरोना संक्रमणको आशंकामा २० जनाको स्वाव परीक्षण गरिएको जिल्ला स्वास्थ्य कार्यालय नवलपुरमा प्रमुख केशवप्रसाद चापागाईले जानकारी दिनुभयो ।

मध्यविन्दु जिल्ला अस्पतालमा कोरोनाको आशंकामा आईशोलनमा रहेका हुप्सेकोटका बाबुछोरा २ जनाको रिपार्ट नेगेटिभ आएसँगै २० जनाकै रिपोर्ट नेगेटिभ आएको उहाँले बताउनुभयो । यो सँगै नवलपुरमा हालसम्म कोरोना संक्रमति नरहेको पाइएको छ । उनीहरुको भरपुरमा रहेको कोरोना ल्याव परीक्षणमा परीक्षण गरिएको हो । चापागाईका अनुसार नवलपुरमा अहिलेसम्म विभिन्न क्षेत्रबाट शंकास्पदहरुलाई भरतपुर पठाउने गरिएको छ ।

यता गण्डकी प्रदेशभर हिजोसम्म २५९ जनाको स्वाव संकलन गरिएको र १३५ वटा स्वावको नतिजा नगेटिभ आएको प्रदशे स्वास्थ्य निर्देशनालय पोखराका प्रमुख डा विनोविन्दु शर्माले जानकारी दिनुभाये ।

१२२ वटा नमुनाको नतिजा आउन वाँकी रहेको र हालसम्म वाग्लुङमा देखिएको दुई वटा पोजेटिभ वाहेक अन्य कुनै नतिजा पोजेटिभ नरहेको उहाँले बताउनुभयो । वाग्लुङमा उपचार गराइरहेको उनहिरुको अवस्था पनि सामान्य रहेको छ ।

हिजो मात्रै ६१ वटा नमुनाको परीक्षण गरिएको छ । प्रदेशभरी २९५ ठाउँमा ४ हजार ७७६ वटा वेड रहेका छन् तर २२८ जना मात्रै क्वारनेटाइनमा वसेका छन् । होम क्वारेनटाइनमा वस्नेको सख्या प्रदेशभरी २ हजार ५ सय ३३ रहेको छ । प्रदेशभरी कुल ८८ वटा ज्वारो जाँच्ने क्लिक रहेको र अहिले सम्म १ हजार १३४ जनाले ज्वारो जाँचेर सेवा लिएका छन् ।

Share.

Leave A Reply