कोरोना भाइरस उपचारमा ड्युटी नआउने पाँच डाक्टर बर्खास्त

0

२७ चैत्र । प्रदेश नम्वर ५ का सामाजिक विकास मन्त्री सुदर्शन वरालको निर्देशनमा लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा कार्यरत पाँचजना चिकित्सकलाई बर्खास्त गरिएको छ ।

कोरोना संक्रमण रोकथाम र उपचारमा खटिनुपर्ने कठिन परिस्थितिमा पनि ड्युटीमा नआएको भन्दै अस्पतालको रेडियोलोजी विभागमा कार्यरत डा. बरदान वली र डा. ताराप्रसाद शर्मा, ईएनटी विभागका डा. प्रकाश न्यौपाने, युरोसर्जन डा. सुवासचन्द्र चौधरी र आकस्मिक विभागमा कार्यरत डा. प्रकृति कार्कीलाई सेवाबाट हटाइएको हो ।

हटाइएका चिकित्सकहरु करारमा नियुक्त भएका थिए । यस्तो महामारीमा समेत अग्रमोर्चामा रहेर आफ्नो कर्तव्य निभाउनुपर्नेमा खवर नै नगरी विदामा वसेपछि वर्खास्त गर्न वाध्य भएको मन्त्री वरालले बताउनुभयो ।

Share.

Leave A Reply