सीमकाडबाट विदेशदेखि आउनेलाई खोज्दै सरकार

0

२७ चैत्र । विदेशबाट आउनेहरु सवै सम्पर्कमा नआएपछि सरकारले नयाँ उपाय अपनाएको छ । कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि स्थापना गरिएको कोभिड(१९ क्राइसिस म्यानेजमेन्ट सेन्टर (सीसीएमसी) ले चैत ११ गते भन्दा अघि कितले सीमकार्ड लिएका थिए त्यसको तथ्याङ्क लिने र कल सेन्टरबाट फोन गरी स्वास्थ्य अवस्था वुझ्ने भएको छ ।

यसैबाट उनीहरुको कन्ट्याक ट्रेसिङ सुरु गरिनेछ । प्रधानमन्त्री कार्यालयका सचिव लक्ष्मण अर्यालको नेतृत्वमा रहेको सेन्टरले चैत १ गतेदेखि ११ गतेसम्मको वितरण गरिएको सीम कार्ड नम्बर माग्दै सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई पत्राचार गरेको हो ।

Share.

Leave A Reply