लकडाउन उल्लघंन गर्ने २ वटा अटो नियन्त्रणमा, गैडाकोटमा शसस्त्र सहितको टोलीद्धारा चेकजाँच

0

डोलराज रानाभाट, २६ चैत्र । कोरोना भाइरसको संक्रमण फैलन नदिन वैशाख ३ गतेसम्म गरिएको लकडाउन उल्लघंन गर्ने दुई वटा अटो गैडाकोट प्रहरीले नियन्त्रणमा लिएको छ ।

अत्यावश्यक काम वाहेक वाहिर नहिँड्न र सवारी चलाउन नपाउने भनेपनि यात्रु वोक्दै हिँडेका दुई वटा अटोलाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय गैडाकोटका प्रमुख प्रहरी निरीक्षक चन्द्रवहादुर थापाले जानकारी दिनुभयो । अटो चालकलाई लकडाउनको पालना गर्ने शर्तमा छाडिएको छ ।

मन्त्रिपरिषदले दोस्रो पटक लकडाउन वैशाख ३ सम्म गर्ने निर्णय र नेपालमा कोरोना भाइरस दोस्रो चरणमा अर्थात विदेशबाट आएका व्यक्तिबाट स्थानीयमा सरेको एउटा विरामी देखा पर्नासाथ गैडाकोटमा पनि कडाई गरिएको छ ।

चैत्र २५ गतेसम्म प्रहरीले मात्रै गस्ति वढाएको गैडाकोटमा अहिले शसस्त्र प्रहरी सहितको टोलीले निगरानी र चेकजाँच गरिरहेको प्रहरी निरीक्षक थापाले बताउनुभयो । अहिले ट्राफिक सहित प्रहरीको एक टोली नारायणी पुलको मुखमा, दोस्रो शसस्त्र सहितको प्रहरी टोलीले काँग्रेस चोकमा, मोटरसाइकल सहितको भित्री गस्ति र अपरान्ह ४ बजेपछि प्रहरीको गाडिबाट पनि निगरानी र चेक भइरहेको छ ।

Share.

Leave A Reply