पौडिखेल्ने क्रममा डुवेर बुलिङटारमा एक जना वेपत्ता

0

डोलराज रानाभाट, २६ चैत्र । नवलपुरको बुलिङ्टार गाउँपालिका ६ घुमारी पुलमुनिको कालिगण्डकी नदीमा पौडि खेल्दा एक जना वेपत्ता भएका छन् । हिजो साँझ करिव ५ वजेको समय पौडि खेल्दा बौद्धिकाली गाउँपालिका १ मिथुकरमका १८ बर्षीय हिमाल चितौरे वेपत्ता भएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जानकारी दिएको छ । अहिले उनको खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय नवलपुरका सुचना अधिकृत प्रहरी नायव उपरीक्षक मोहन बहादुर खँणले जानकारी दिनुभयो ।

Share.

Leave A Reply