अध्ययन भन्छ, विपत्तीमा एफएम रेडियोनै सर्वोत्कृष्ट

0


गैँडाकोट । शेयरकाष्ट ईनिशियटिभ नेपालले २२ देखि २४ चैतमा गरेको सर्वेक्षणमा सहभागीमध्ये अधिकांशले कोरोना भाइरसका बारेमा धेरै जानकारी एफएम रेडियोले उपलब्ध गराएको बताएका छन् । ६७ दशमलब ३ प्रतिशतले एफएम रेडियोबाट नियमित जानकारी पाएको बताएका छन् । यसैगरी ६२ दशमलब ७ प्रतिशतले टेलिभिजनबाट, ० दशमलब ७ प्रतिशतले पत्रिकाबाट, ११ दशमलब ६ प्रतिशतले अनलाइन माध्यमबाट नियमित कोभिड १९ का बारेमा जानकारी पाइरहने बताएका छन् ।

ईनिशियटिभले माघ फागुन २०७६ मा गरेको मिडिया सर्वेक्षणमा सहभागी चार हजार ८३० उत्तरदातामध्र्ये यान्डम छनोट विधिबाट एक हजार ५०० जना उत्तरदाता छानेको थियो। तीमध्ये एक हजार ११० जनाले कोभिड १९ सँग सम्बन्धित विषयमा उनीहरूका धारणा, बुझाई र अभ्यासबारेमा जानकारी दिएका थिए ।

Share.

Leave A Reply