आज दिनभरका खबरहरु

0

 

एको शनिबार एकैदिन तीनजना कोभिड-१९ को सङ्क्रमित भेटिएपछि आज मंगलबारसम्म कुनै पनि सङ्क्रमित नभेटिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आयोजना गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले नयाँ सङ्क्रमित फेला नपरेको बताउनुभएको हो । शनिबारयता २ सय ५५ जनाको परीक्षण गरिएको छ । शनिबारसम्म १ हजार ४ सय ४१ जनाको परीक्षण गरिएको थियो । यस्तै मंगलबारसम्म कुल १ हजार ७ सय ९६ जनाको परीक्षण भएको प्रवक्ता देवकोटाले बताउनुभयो । जसमध्ये ९ जनामा कोरोना भाइरस सङ्क्रमण फेला परेको छ भने एक जना उपचारपछि घर फर्किसकेका छन् ।

==========================================================================

रकारले अन्तर्राष्ट्रिय हवाई उडानलाई वैशाख १८ गते (अप्रिल ३०) सम्म बन्द गर्ने निर्णय गरेको छ । कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमण रोकथाप तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको मंगलबारको बैठकले वैशाख ३ गते (अप्रिल १५) सम्म सबै अन्तर्राष्ट्रिय हवाई उडान स्थागित भएकोमा १५ दिन समय थप गरी वैशाख १८ गते सम्म उडान स्थगित गर्ने निर्णय गरेको हो ।

=============================================================================

कक्षा ११ र १२ को परीक्षा अर्काे सूचना नआएसम्मका लागि स्थगित गरिएको छ । मंगलबार बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले अर्काे सूचना नआएसम्मका लागि परीक्षा स्थगित गर्ने निर्णय गरेको राष्ट्रिय परीक्षा बोर्डका सदस्य सचिव दुर्गाप्रसाद अर्यालले जानकारी दिनुभयो । यसैबीच माध्यमिक शिक्षा परीक्षा (एसईई) लकडाउन खुलेपछि मात्रै गर्ने भएकाले विद्यार्थीलाई त्यही अनुसारको तयारी गर्न सरकारले आग्रह गरेको छ ।

==================================================================================

प्रधानमन्त्री केपी शर्मा ओलीले अझै दुई हप्ता नेपालमा कोरोना भाइरसको जोखिम उच्च रहेकाले सावधानी अपनाउन आग्रह गर्नुभएको छ । प्रधानमन्त्री ओलीले जो जहाँ छन, त्यहीँ बसे संकटलाई टार्ने सकिने पनि बताउनुभयो । देशवासीका नाममा सम्बोधन गर्दै उहाँले दैनिक ज्यालादारी गरेर जीविकोपार्जन गर्नुपर्ने नागरिकलाई समस्या भए पनि नागरिकको जीवन रक्षाका लागि लकडाउनको विकल्प नभएको बताउनुभयो ।

==================================================================================

प्रमुख विपक्षी नेपाली कांग्रेसले सीमा क्षेत्रमा अलपत्र परेका नेपालीहरुलाई उद्धार गर्न सरकारसंग माग गरेको छ । मंगलबार बसेको कांग्रेस पदाधिकारीहरुको बैठकले अलपत्र परेका नेपालीहरुलाई उद्दार गर्न र नेपाली भूमिमा ल्याएर क्वारेन्टाइनमा राख्न माग गरेको हो ।

========================================================================

शंकर ग्रुपका मालिक तथा जगदम्बा ग्रुपका संचालक सुवास अग्रवाल पक्राउ परेका छन् । उनले ३ हजार देखि ५ हजार पर्ने ज्वरो नाप्ने थर्मल गनलाई १५ हजार रुपैयाँमा बेचेको आरोपमा लागेको थियो । कालोबजारी गरेको आरोप लागेपछि मंगलबार महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले अग्रवाललाई नक्सालबाट पक्राउ गरेको हो । प्रहरीले उनको साथबाट ६७ थान थर्मल गन बरामद गरेको छ ।

============================================================================

अर्थ मन्त्रालय आगामी आर्थिक वर्ष २०७७ र ७८ को बजेट निर्धारित समयमै ल्याउने गरी तयारीमा जुटेको छ । संविधानले १५ जेठमा बजेट ल्याउने समय तोकेको छ । कोरोना संक्रमण र त्यसपछिको लकडाउनका कारण अर्थ मन्त्रालयले मन्त्रालयगत तथा निकायगत छलफल गर्न पाएको छैन । तर, नीतिगत तहमा सरोकारवाला निकायहरु बजेट निर्माणको काममा जुटिसकेको मन्त्रालयका सहसचिव उत्तरकुमार खत्रीले बताउनुभएको छ ।

==============================================================================

प्रधानमन्त्री केपी ओलीले देशवासीका नाममा गरेको सम्बोधनप्रति पूर्वराजा ज्ञानेन्द्र शाह बेखुश देखिनुभएको छ । सामाजिक सजाल ट्वीटर मार्फत् आफ्नो धारणा राख्दै पूर्वराजा शाहले सरकारले नागरिकको दैनिक समस्याप्रति सम्बोधन नै गर्न नसकेको आरोप लगाउनुभएको छ । राज्यको कर प्रणालीको अति ठूलो हिस्सा दैनिक खानपानको समस्याबाट गुज्रिरहँदा पनि सरकारको ध्यान भने जान नसकेको टिप्पणी गर्नुभएको छ ।

=========================================================================

चितवनको भरतपुरमा स्थापना गरिएको कोरोना परीक्षण प्रयोगशालामा (सोमबार) परीक्षण गरिएका २१ जनाकै रिपोर्ट नेगेटिभ आएको छ । प्रयोगशाला स्थापना उपसमितिका संयोजक डा.कृष्णसागर शर्माले रिपोर्टमा सबैको कोरोना नेगेटिभ रहेको जानकारी दिनुभयो ।

देवचुली नगरपालिका वडा नं १६ मा रहेको सामुदायिक प्राकृतिक चिकित्सालयको क्वारेन्टिनमा बसेका १७ जना व्यक्ति क्वारेन्टिनबाट डिस्चार्ज भएका छन् । उनीहरुको स्वास्थ्य सामान्य रहेकाले डिस्चार्ज गरिएको देवचुली नगरपालिका वडा नं १६ का वडाध्यक्ष केशर बहादुर क्षेत्रीले बताउनुभएको छ ।

==========================================================================

कोराना भाईरस फैलन नदिन गरिएको लकडाउनले प्रभावित गैंडाकोट ६ का विपन्न र ज्यालादारीमा जिवन गुजार्ने स्थानीयलाई राहत वितरण गरिएको छ । गैंडाकोट ६ का ३ सय घरधुरीलाई राहत बितरण गरिएको वडाध्यक्ष लक्ष्मीप्रसाद सापकोटाले जानकारी दिनुभयो ।

============================================================================

कोरोना भाइरस (कोभिड–१९) को रोकथाम तथा न्यूनीकरणका लागि जापानमा संकटकाल घोषणा गरिएको छ । मंगलबार जापानी प्रधानमन्त्री सिन्जो आबेले कोरोना रोकथामका लागि भन्दै संकटकालको घोषणा गर्नुभएको छ । कोरोना भाइरसको संक्रमण फैलिन थालेपछि जापानले ढिलागरी संकटकाल घोषणा गरेको हो । राष्ट्रिय संकटकाल बुधबारबाट एक महिनाका लागि लगाइएको क्योदोले उल्लेख गरेको छ ।

================================================================

कोरोना भाइरसको उद्गमस्थल मानिएको चीनमा सोमबार एक जनाको पनि मृत्यु नभएको चिनियाँ राष्ट्रिय स्वास्थ्य आयोगले जनाएको छ । जनवरीयता पहिलो पटक सोमबार कोरोना भाइरसको स्थानीय केस र कसैको पनि मृत्यु नभएको आयोगले जनाएको छ ।

==========================================================================

Share.

Leave A Reply