अन्त्येष्टि कार्यमा भींड नगर्न आग्रह

0


प्रेम क्षेत्री
चैत्र २५, गैंडाकोट । देवघाट क्षेत्र विकास समितिले अन्तिम संस्कारका लागि मलामीहरुको भींड भएको भन्दै यसतर्फ सबैलाई सचेत गराएको छ ।

अन्तिम संस्कारका लागि मलामीहरुको ठूलो सङ्ख्यामा हुने उपस्थितीले कोरोना भाईरस संक्रमणको जोखिम वढि हुने भएकाले अन्त्येष्टि कार्यका लागि २५ जना भन्दा वढि सहभागी नहुन आग्रह गरेको हो । यसतर्फ सचेत गराउँदै देवघाट क्षेत्र विकास समितिका कार्यकारी निर्देशक धिरणबाबु घिमिरेले दाहसंस्कार क्षेत्र बाहिर हिंडहुल नगर्न समेत अनुरोध गर्नुभएको छ ।

विश्वव्यापी बन्दै गइरहेको कोरोना भाईरसको संक्रमणबाट जोगिन भींडभाडमा नजान, समूहमा नजान, सामाजिक दुरी कायम गर्न र सरसफाईमा ध्यान दिन समितिले आग्रह गरेको छ ।

Share.

Leave A Reply