गैंडाकोट ६ का विपन्न स्थानीयलाई राहत वितरण

0

माया कंडेल

गैडाकोट, चैत्र २५

कोराना भाईरस फैलन नदिन गरिएको लकडाउनले प्रभावित गैंडाकोट ६ का विपन्न र ज्यालादारीमा जिवन गुजार्ने स्थानीयलाई आज राहत वितरण गरिएको छ ।

आज गैंडाकोट ६ का ३ सय घरधुरीलाई राहत बितरण गरिएको वडाध्यक्ष लक्ष्मीप्रसाद सापकोटाले जानकारी दिनुभयो ।

गैंडाकोट ६ मा रहेका ६ वटा टोल बिकास संस्थाको समन्वयमा राहत बितरण गरिएको वडाध्यक्ष सापकोटाले बताउनुभयो ।

१० किलो चामल , १ किलो दाल, १ पोका तेल १ पोका नुन , एउटा सावुन बितरण गरिएको थियो ।

राहत प्याकेज पाउन छुटेका व्यक्तिहरुको फेरी नाम संकलन गर्ने र आवश्यक भएका व्यक्तिलाई राहत वितरण गरिने पहल गरिने समेत वडाध्यक्ष सापकोटाले जानकारी दिनुभयो ।

Share.

Leave A Reply